पाल्पा । पछिल्लो समयमा पाल्पा जिल्लाकाे दस वटै स्थानीय तहहरूकाे समुदाय स्तर काेराेना फैलिरहेकाे बेला जिल्ला रामपुर नगरपालिका र निस्दी गाउँपालिका स्वास्थ कर्मी तथा कर्मचारीहरूलाई काेराेना पाेजेटिभ भए सँगै थप अझ समुदाय स्तरमा काेराेना नफैलियाेस भनी शिल गरिएको छ ।
रामपुर नगरपालिकाले शनिबार राती १२ बजे देखि ३० गते बेलुकी सम्म र निस्दी गाउँपालिकाले कार्तिक १ गते राती सम्म शिल गरेको जनाएको छ । शुक्रबारमात्रै नगरभित्रका २४ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि नगरपालिकाले शिल गर्ने निर्णय गरेको हो ।
रामपुरमा समुदाय स्तरका ४९ र सक्रिय संक्रमितको संख्या ४४ पुगेको छ । यस्तै निस्दी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत सहित शुक्रबार १० जनामा कोरोना संक्रमणको पुष्टि भएपछि पालिका शिल गर्ने निर्णय भएको हो । निस्दी गाउँपालिकामा एक शय जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
कोरोना संक्रमण बाट ४ जनाको ज्यान गएको पाल्पामा ८ सय ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । २२४ जना समुदाय स्तर र ११४ जना सक्रिय संक्रमित पाल्पामा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…