थम्मन थापा , बागलुङ , भदौ २५ । भदौको मध्य भागमा ढोरपाटन नगरपालिका वडा नं ९, ८ र ७ बोवाङ स्थित भूजिखोलामा भारी वर्षा पछि बाढी आयो । भदौ १७ राती देउराली शिर देखि खसेको पहिरोका कारण भुजीखोलामा आएको बाढीले ढोरपाटनका आधादर्जन तटीय बस्ती बगायो । बस्ती बगाउँदा अकल्पनीय मानवीय र भौतिक क्षति भयो । अहिले सिंगो बागलुङ जिल्ला शोकमा छ ।
धेरै मानिसले ज्यान गुमाउनु पर्यो, कैयौं मानिस घाइते भए, धेरैले घरबास सँगै परिवारका आफन्त गुमाए । अहिले ढोरपाटनका बाढी पीडितहरुको लागि दिनहुँ राहत सामाग्री सँगै देश विदेश बाट आर्थिक सहयोग जुट्ने क्रम बढिरहेको छ । प्राकृतिक विपत्तीमा सहयोगी हातहरु अगाडि बढिरहेका छन् । अहिले विभिन्न संघ संस्था, राजनैतिक दल देखि व्यक्ति विशेषले ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ पुगेर राहत सामाग्री र नगद सहयोग गरिरहेका छन् । छिमेकी पालिकामा प्राकृतिक विपत्तिले सास्ती खेपिरहेका बोबाङका बाढी पीडित नागरिकहरुलाई तल्लो लमाई समाज जापानले एक कार्यक्रम गरी नगद रु १ लाख २० हजार ५ सय ५० सहयोग हस्तान्तरण गरेको समाजका अध्यक्ष बल बहादुर खत्रीले जानकारी दिनुभयो । जापानमा रहेका तल्लो लमाईबासी नागरिकहरुको सक्रियतामा उक्त रकम संकलन गरि ढोरपाटन स्थित वोबाङ्का बाढी पीडितलाई सहयोग गरिएको अध्यक्ष खत्रीले बताउनु भयो । भदौ पहिलो हप्ता स्थापना भएको समाजले प्राकृतिक विपति र आर्थिक अवस्था कमजोर भई उपचार नपाएका दीर्घ रोगी नागरिकलाई समेत आर्थिक सहयोग प्रदान गरिएको समाजका सचिव गोविन्द खत्रीले बताउनु भयो । विपतको बेला मानवीय सेवा नै ठूलो धर्म हो भन्ने महसुस गरी जापानमा तत्कालै आर्थिक संकलन गरी नेपाल पठाइएको र सामाजिक अभियन्ता तारा अधिकारी, यम अधिकारी, डम्बर अधिकारी, गुमान अधिकारी, रेशम खत्री र गोपाल खड्काले ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीलाई सहयोग रकम हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष खिम अधिकारीले बताउनु भयो । समाजले भुजिखोलाको बाढीमा दिवंगत भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घटनामा घाइते हुनुभएका नागरिकहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेको छ भने उद्धारमा खटिने सबै प्रति धन्यवाद ज्ञापन गरेको छ ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…