भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरू ।

भक्तपुर। जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरू गरेको छ। जिप्रकाले हिजो अपराह्न आयोजना गरेको शुभारम्भ कार्यक्रममा सांसद महेश बस्नेतको विवरण भरेर विवरण दर्ताको शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।

सरकारले जिल्ला प्रशासन कार्यालय भक्तपुरलगायत ७७ जिल्लाबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरेर यस आर्थिक वर्षमा करीब एक करोड जनसङ्ख्याको विवरण दर्ता गर्ने लक्ष्य लिएको सांसद बस्नेतले बताए। सरकारले तीन वर्षभित्र सम्पूर्ण नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य राखेको उनले बताए। 

जिल्ला प्रशासन कार्यालयमा दुई बुथबाट विवरण दर्ता शुरू भएको छ। एक बुथबाट यही साउन ४ गतेदेखि शुरू भएको र अर्को बुथ हिजोदेखि शुरु भएको हो। दुई बुथमा दुई कम्प्युटरलगायत आवश्यक उपकरण राखिएको प्रजिअ पाण्डेले बताइन्। नागरिकता प्रमाणपत्र लिन आउनेले आवश्यक विवरण भरेर राष्ट्रिय परिचयपत्रका लागि निवेदन दिन सक्नेछन्।  

पञ्जीकरण विभागको सहकार्यमा जिल्लाका चारवटै नगरपालिका र वडा कार्यालयमार्फत सेवा सञ्चालन गरिने भएको छ। यसका लागि स्थानीय तहका वडाध्यक्ष, वडा सचिव र कर्मचारीलाई अभिमुखीकरण तालीम दिइएको जानकारी दिँदै उनले नगरपालिकाले छनोट गरेको व्यक्तिलाई रुजु अधिकारी तोकेर प्रत्येक वडा कार्यालयमार्फत विवरण सङ्कलन शुरू गरिने बताए।

तत्काल भक्तपुर र सूर्यविनायक नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरू गरिए पनि अर्को सातादेखि मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा सञ्चालन हुने भएको छ। प्रजिअ पाण्डेका अनुसार कम्प्युटरलगायत प्रविधि जडानका लागि एक साता लाग्ने भएकाले त्यसपछि कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य मापदण्ड पूरा गरेर विवरण सङ्कलन हुने गरिनेछ। 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago