सन्ताेष गहतराज , पाल्पा । जिल्लाकाे तिनाउ गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका दुध उत्पादन किसानहरूलाई उत्पादनका आधारआ अनुदान रकम वितरण गरेको छ ।
गाउँपालिकाले डुम्रे दूग्ध उत्पादन सहकारी सस्था मार्फत दुध बिक्री गर्ने किसानहरूलाई प्रती लिटर २ रूपैयाँका दरले नगद वितरण गरिएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भयाे । पालिकामा सबैभन्दा धेरै अनुदान प्राप्त गर्ने मुनाल गाईफाम डुम्रेका सरस्वती जिसीले ८५ हजार रूपैयाँ नगद प्राप्त गर्नु भएकाे छ । तिनाउ गाउँपालिकाले कुल ५ लाख बराबरको अनुदान उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दामोदर भण्डारीले बताउनु भयाे ।
डुम्रे दुग्ध सहकारी सस्थाका अध्यक्ष दुर्गा खाडकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रम तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरकाे हातबाट अनुदान रकम वितरण गरिएको थियाे । कार्यक्रममा वडा अध्यक्षहरू टाेप बहादुर पुन र दल बहादुर दर्लामी,स्थानीय टीका भण्डारी ,रामजी घिमिरे लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सस्थाकाे उपाध्यक्ष दुर्गा विष्टकाे स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रम सस्थाका व्यवस्थापन गाेपाल जिसीले सञ्चालन गर्नु भएको थियोे । तिनाउ गाउँपालिकाले दुध प्रशाेधन मेसिन खरिद,दुध प्याकेजिम मेसिन स्थापना,दुध राख्ने क्यान,कृतिम गर्भाधान, औषधि , पशु प्राविधिक उपलब्धता लगाएतमा सहयाेग गरिसकेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…