रोकिएका परिक्षाबारे कहिले र कसरी गर्ने भन्नेमा त्रिबि नै अलमलमा ।

काठमाण्डौ । कोरोना भाइरसको जोखिम कम गर्न सरकारले चैतदेखि गरेको लकडाउनले त्रिभुवन विश्वबिद्यालयका सबै बार्षिक परिक्षा रोकिएका छन् । उच्च माध्यामिक परिषदले एसर्ईई र कक्षा ११ को बार्षिक परिक्षा आन्तरिक मूल्याङकनबाट गर्ने गरी प्रक्रिया अघि बढाइसकेको छ । तर, त्रिभुवन बिश्वबिद्यालय अन्र्तगतका रोकिएका परिक्षाबारे भने कसैको चासो पुगेको छैन् ।

चैत ११ गतेखि सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको घोषणा गर्‍यो । कोरोनाकै त्रासका कारण चैत ६ गते तोकिएको एसईई परिक्षा पनि अन्तिम समयमा सरकारले स्थगित गर्‍यो । एसईई र कक्षा ११ को आन्तरिक मूल्याङकनका आधारमा परिक्षाफल प्रकाशित गर्ने निर्णय भइसकेको छ । कक्षा १२ को परिक्षाका बिषयमा पनि छलफल चलिरहेको छ ।

तर, त्रिभुवन बिश्वबिद्यालयका स्थगित भएका परिक्षाबारे कसैले चासो दिएको छैन् । कोरोनाकै कारण स्नातक र स्नातकोत्तरका परिक्षा स्थगित भएका थिए । विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय तर्फका ४ वर्षे बीएस्सी, बीबीएस, र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित छन् । पोस्ट ग्राजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोस्ट ग्राजुएट इन वुमन स्टडिज तथा कानुन संकायका नियमित तथा आंशिक परीक्षा पनि रोकिएका छन् । परिक्षा कहिले र कसरी गर्ने भन्नेमा नै त्रिबि अलमलमा रहेको परीक्षा नियन्त्रण पुष्पराज जोशी बताउँछन् ।

लाखौं बिद्यार्थी परिक्षा कहिले हुन्छ भन्ने अन्यौलमा छन् । कतिपय बिद्यार्थी त राजधानी बाहिर रहेका कारण पनि परिक्षाबारे बारम्बार ताकेता गरिरहेका छन् । स्वास्थ्य सर्तकतासहित शुक्रबारदेखि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय पनि गरेको छ । तर, स्थगित परिक्षाबारे अहिलेसम्म ठोस निर्णय हुन नसकेको जोशीले बताए ।

प्राध्यापक डाक्टर सुर्वण शाक्यको नेतृत्वमा बनेको ‘कमिटी अफ अल्टरनेटिभ एक्जाम मोड’ले परिक्षबारे छलफल गरेपनि ठोस निर्णय बाहिर आएको छैन् । सेमेष्टर प्रणालीको परीक्षा आन्तरिक मुल्यांकनबाट गर्नेबारे पनि समितिमा छलफल चलिरहेको बताइएको छ । अझै कोरोना संक्रमण नरोकिएका कारण परिक्षा अझै कति समय रोकिने हो कुनै टुंगो छैन् ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago