२७ चैत्र, काठमाडौ
कोरोना भाइरसको कारणले लाखौँ बालबालिकाहरू पढ्नमा बञ्चित भइरहेका बेला फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनिले नि:शुल्क नेपाली वर्णमाला डिजिटल एप गुगल प्ले स्टोरमा सार्वजनिक गरिएको छ । यो एपमा बाल-बालिकाहरूको लागि जनचेतनामूलक कोरोनाभाइरस सङ्क्रमण हुनबाट कसरी जोगिने भनेर सन्देश पनि राखिएको फेस्ट कम्पनिका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले जानकारी दिनुभएको छ ।
नेपाली वर्णमाला नेपाली बाल–बालबालिकाहरूको लागि तयार पारिएको नेपाली डिजिटल एप हो । यो एपले बाल-बालिकाहरूको बौद्धिक तथा मानसिक विकासका लागि तयार पारिएको पाठयक्रम एप हो । गुगल प्लेस्टोर मा https://play.google.com/store/apps/details?id=com.fest.barnamala लिन्क मार्फत सजिलै खुल्ने यो एपले खेल तथा मनोरञ्जन तथा बौद्धिक विकासमा झन सहज पुग्ने छ । यस एपमा भिडियो मार्फत विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिद्धारा बाल-बालिकाहरूको ध्यान केन्द्रित गराई, उनिहरुको मानसिक तथा बौद्धिक विकासमा समय लगाउने छ । नेपाली वर्णमाल एप नेपालीमा प्रस्तुत गरिएको छ, भने यो एप समय समयमा अपडेट गर्दै नेपालका मौलिक रैथाने भाषामा पनि बनाइने फेस्ट कम्पनिका संस्थापक तथा सिइयो विक्कि महतले जानकारी दिनु भयो । हरेक हप्ताको एक पटक अपडेट हुने नेपाली वर्णमालामा सात सूचीहरू समावेश गरिएका छन । नेपाली व्यन्जनवर्ण, नेपाली स्वरवर्ण, चित्र बनाऊ, नेपाली संख्या, दिमागी खेल, नेपाली दूरदर्शन, ध्वनी दर्शन समावेश गरिएको छ । कम्पनिले प्रविधिको क्षेत्रमा विगत ६ वर्ष देखि निरन्तर रुपमा सरकारी तथा गैरसरकारी संस्थाहरुसंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेक संस्थापक पावन भट्टले जानकारीे दिनुभएको छ । फेस्टमा विभिन्न क्षेत्रसंग सम्बन्धित सफ्वेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, लगाएत विभिन्न किसिमका एप्लिकेशन बनाउने, आइटी सम्बन्धी जुनसुकै काम परामर्श, इन्टनसिप तथा जागिरको व्यवस्था रहेको कम्पनिले जनाएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…