चैत्र २७, काठमाण्डौ , चैत्र ११ देखि सरकारले गरेको लक डाउनका कारण काठमाडौं बाट बाहिरिन नपाएका यात्रुहरु लाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको छ ।
लक डाउनको बेला काठमाडौ बाट मानिसहरू हिँडेरै भयपनी टाढा-टाढा आफ्नो गृहजिल्ला जान थालेपछी सरकारले दुई दिन उपत्यका बाहिर जान दिने भएको हो तर बाहिर बाट उपत्यका भित्रीन भने पाइने छैन । बाहिर जान चाहने यात्रुहरुलाई स्थानीय तहसँग समन्वय गरी पठाउन लागिएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ । कोरोना भाइरसको प्रभाव बढ्दै जांदा लकाडाउन लम्बियो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो । लामो दुरीको रुटमा सुरक्षाकर्मीले स्कटिङ गर्नेछ भने छोटो दुरीको हकमा के कसरी सवारिसाधान ब्यवस्थापन गर्ने भन्ने गृहमन्त्रालयमा छलफल भैरहेको यातायात मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…