सिंगापुरसहितका केही एयरलाइन्सले इरानमाथि जहाज नउडाउने

एजेन्सी । केही एसियन एयरलाइन्सहरूले बुधबार इरानी आकाशमा आफ्ना जहाज नउडाउने भएका छन्।  

सिंगापुर एयरलायन्स, ताइवानको चाइना एयर, मलेसिया एयरलाइन्सले इरानी हवाई क्षेत्रबाट हुने सबै उडानको बाटो फेरेको बताएका छन्।गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परी इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या भएपछि इरानले त्यसको बदला स्वरूप  इराकका दुई अमेरिकी सैन्य अड्डामा बुधबार मिसाइल आक्रमण गरेको छ।उक्त आक्रमणपछि सिंगापुरलगायतले एयरलायन्सले यो निर्णय गरेका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिंगापुर एयरलायन्सले पछिल्लो समय युरोपबाट बाहिर सबै एसआइए उडानमा इरानी आकाश प्रयोग नगर्ने र आवश्यकताअनुसार बाटो फेरिने बताएको छ।

ताइवानको चाइना एयरलाइन्सले पनि क्षेत्रीय तनावका कारण इरान र इराकको माथिबाट आफ्ना जहाज नउडाउने बताए छ।ताइवानकै इभा एयर तथा मलेलिया एयरलायन्सले पनि उडानमा इरानी आकास प्रयोग नगर्ने बताएका छन्।

यसैबीच अमेरिकी संघीय उड्ययन प्रशासन (एफएए)ले उडान प्रतिबन्ध लगाएको सूचना जारी गर्दै मध्युपुर्वका केही क्षेत्रमा उडान बन्द गरेको जनाएको छ। उसले इरान-इराकलगायत पर्सियन गल्फ क्षेत्रमा पनि जहाज नउडान भनेको हो।

एसिययाको बाहिर क्यानडाको एयर क्यानडाले पनि इरानी आकाश भएर हुने उडान फेरेको जनाएको छ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago