टोकियो । जापानको सेन्दाई शहरमा हृदयघातका कारण मृत्यु भएका पोखराका २७ बर्षिय बिकल थापाको शवलाई नेपाल पठाईने तयारी पुरा भएको छ ।
पोखरामा रहेको परिवारले मृतक थापाको शवलाई नेपाल ल्याईदिन अनुरोध गरेपछि कास्कि पोखरा समाज जापानले सहयोग सकंलन गरेको थियो । समाजले दिएको जानकारी अनुसार सेन्दाईबासी नेपालीहरु सहित जापानमा क्रियाशील संघ सस्था एंव जापानबासी नेपालीहरु , एनआरएन जापानगरी २३ लाख ६५ हजार ४ सय २४ जापानीज एन संकलन भएको कास्कि पोखरा समाज जापानका अध्यक्ष बिकास श्रेष्ठले बताउनु भयो । अध्यक्ष श्रेष्ठले थापाको शवलाई जनवरी १२ तारिख जापानबाट नेपाल पठाईने तयारी रहेको बताउदै, दुखको समयमा सहयोग गर्ने सबैलाई आभार ब्यक्त गर्नु भयो ।
बिगत ७ बर्ष देखि जापानको पूर्वउत्तरी शहर सेन्दाईमा श्रीमती र छोरासगै बस्दै आएका थापाको ह्रदयघात भई मृत्यु भएको थियो।नेपालमा रहेको परिवारले मृतक थापाको शवलाई नेपालमा नै लैजान चाहेको भन्दै कास्कि पोखरा समाज जापानले सहयोगको लागि सबैमा अपिल गरेको थियो । थापाको शवसगै थापाका श्रीमती र छोरा पनिसगै नेपाल जाने भएको कास्कि पोखरा समाजका महासचिव कमल बास्तोलले जानकारी दिनुभयो ।
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। माघ ८ गतेदेखि १९…
काठमाडौं ।बालगायक सचिन परियारको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान १०:४५ बजे त्रिवि…
काठमाण्डौं । गलबन्दी म्युजिक प्रा.लि.को आयोजनामा हुन लागेको ‘प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८१’ अन्तर्गत…
इलाम, नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) झापा शाखाको छैठौं वार्षिक साधारण सभा २०८१ मंसिर १५…
बिर्तामोड, झापा–११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि सुरु हुने ‘झापा कप–२०८१’ को खेल तालिका…
बिर्तामोड, वीरता जेसिजले बिर्तामोड नगरपालिकाका स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू र आफ्ना सदस्यहरूका लागि नेतृत्व तथा व्यक्तित्व…