ओलीको अडानले दाहाल गले, पार्टी विवाद समाधानका लागि संवाद गर्न तयार

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको बेला गत आइतबार सुरु भएको स्थायी कमिटी बैठकएक साताका लागि स्थगित भएको

दुई अध्यक्षले एक अर्कालाई आरोप प्रत्यारोप गरेर छुट्टाछुट्टै प्रस्ताव सचिवालय बैठकमा पेश गरेसँगै नेकपाको विवाद थप चुलिएकोथियो

फोटो फाईल

सचिवालय बैठकमा पेश भएका दुवै प्रस्तावमाथि छलफल भएर साझा विन्दु खोज्ने भन्दा पनि अध्यक्षद्वयले एक अर्काका प्रस्ताव खारेजगर्ने रणनीति लिएपछि उक्त विवाद स्थायी कमिटीमा पुगेको हो

गत आइतबारको स्थायी कमिटी बैठकमा ती प्रस्ताव अध्ययनका लागि भन्दै सदस्यहरुलाई वितरण गरेर दुवै पक्षले नयाँ रणनीति तय गर्नबैठक स्थगित गरिएको नेकपाका नेताहरुले बताएका छन्

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बसेको स्थायी कमिटीको बैठकमा पत्रमार्फत उहाँले आफू अनुपस्थित हुनुकोकारण खुलाउनुभएको

उहाँले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावले पार्टीभित्र स्वस्थ मर्यादित छलफलको सीमा भत्काएर नीतिगतबहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा पुर्‍याएको भन्दै आरोपपत्र फिर्ता नभए आगामी मंसिर २८ गते बस्ने बैठकमा समेत नआउने संकेतगरिसक्नुभएको

प्रचण्डको प्रस्ताव फिर्ता भए मात्रै बैठकमा आउने ओलीको भनाइप्रति प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहमत हुनसकेका छैनन्

प्रचण्डले जबाफमा आफ्नो प्रस्ताव फिर्ता नहुने अडान बैठकमै राखिसक्नुभएको उहाँले एक साता बैठक स्थगित गरेर ओलीसँगसंवादका लागि बाटो खुला गर्नुभएको

यसअघि मंसिर गतेको सचिवालय बैठकमा समेत नेताहरूबीच पार्टी विवादका विषयमा घोचपेच भएपछि ओलीलाई जवाफ तयार गर्न१० दिनको समय दिइएको थियो

अहिले स्थायी कमिटी बैठक सुरु भएपछि पनि सहमतिको आशयसहित एक सातापछि मात्रै बैठक राखिएको नेताहरुको भनाइ

तर बैठक स्थगित भएको चौथो दिनसम्म पनि दुवै अध्यक्षबीच संवादको पहल नभएको निकटस्थ नेताहरुले बताएका छन्

यसअघि पनि दुवै अध्यक्षका प्रस्ताव खारेज गरेर संयुक्त रुपमा नयाँ प्रस्ताव ल्याउन भन्दै दोस्रो तहका नेताहरुले गरेको प्रयास पनिअसफल भएको

अध्यक्ष ओली पक्षले प्रचण्डको प्रस्ताव खारेज गरेर मात्र थप छलफल गर्न सकिने बताएपछि प्रचण्ड पक्षका नेताहरुले प्रधानमन्त्रीलाईअब बिश्वास गर्न नसकिने भन्दै स्थायी कमिटीबाटै निर्णय लिनुपर्ने बताउँदै आएका छन्

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago