केएमसी अस्पतालमा बिरामीको मृत्यु भएपछि तोडफोड, ९ जना पक्राउ

काठमाडौं– सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएको छ।बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्।

६८ वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका अस्पताल प्रशासनले जनाएको छ। 

अस्पतालमा तोडफोड भएपछि प्रहरीले जनालाई पक्राउ गरेको छ। महानगरिय प्रहरी वृत्त गौशालाका डिएसपी प्रमेश विष्टका अनुसारपक्राउ परेका सबैको पहिचान खुलेको छ। 

उनले घटनाका विषयमा थप अध्ययन भइरहेको जानकारी दिए। 

डिएसपी विष्टका अनुसार श्वासप्रस्वासमा समस्या भएर उपचार गराइरहेकी ती महिलाको मृत्यु भएपछि आफन्तले अस्पतालमा आक्रमणगरेका हुन्। 

घटनाका विषयमा अस्पताल आफन्तबीच छलफल भइरहेको बताइएको छ।

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago