त्रिशूली। कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयनुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लगाइएकाले यो वर्षको तिहारमादेउसीभैलो खेल्न नपाइने भएको हो ।
काठमाडौँस्थित विशिष्ट सेवा प्रवाह गर्ने अस्पतालहरू कोरोना सङ्क्रमितले भरिभराउ भइसकेको र आईसीयू तथा भेन्टिलेटर सेवा पर्याप्तनभएकाले रोग नियन्त्रणका लागि नुवाकोटमा २६ गतेदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिएकाले आदेश पालना गर्न सबैलाई अपिलगरिएको छ ।
जिल्लाको धार्मिक, सांस्कृतिक तथा समूहमा भेला भएर गरिने कार्यक्रमले रोगको जोखिम बढाउने भन्दै निषेधाज्ञा जारी गरिएकाले योवर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने प्रमुख जिल्ला अधिकारी ढकालले जारी गरेको आदेशमा भनिएको छ ।
निषेधाज्ञाको समयमा अहिलेको जस्तै दैनिकी सामान्यरूपमा चलाउन बजार क्षेत्र खुला राख्ने, गाडी सञ्चालन कायमै रहने भए पनित्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने भनिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए–नभएकोबारेमा जनप्रतिनिधिसहित प्रहरीको टोलीलाई अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।
नुवाकोटमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ६१९ पुगेको छ । तीमध्ये २८८ जना रोग जितेर घर फर्किसकेका छन् भने ३२९ जनासक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमतिमध्ये सात जना त्रिशूली अस्पतालको आइसोलेसनमा र ३२२ जनालाई चिकित्सककोनिगरानीमा घरकै एकान्तबासमा राखिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिनुभयो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…