अविरल वर्षापछि पहिरो जाँदा देशका विभिन्न जिल्लामा सडक अवरुद्ध ।

काठमाडौं ।  गएराति भएको वर्षासँगै पहिरो जाँदा मकवानपुर, लमजुङ, सिन्धुपाल्चोक लगायतका जिल्लामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

काठमाडौंलाई हेटौंडासँग जोड्ने छोटो मार्ग बल्खु कुलेखानी हेटौंडा सडक बिहीबार बिहानैदेखि अबरुद्ध छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानीमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएपछि यो सडक भएर बिहीबार बिहानैदेखि गाडी चलेका छैनन्। विस्तारको क्रममा रहेको कुलेखानी भीमफेदी सडक खण्डमा सानो पानी पर्दा पनि पहिरो खस्ने गरेको छ। पहिरो ठूलो भएकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ।

त्यसैगरी अविरल वर्षाले पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने बेँसीशहर–चामे सडक पनि अवरुद्ध भएको छ। लमजुङको बेँसीशहर नगरपालिका–७ र मस्र्याङ्दी गाउँपालिकामा पर्ने खरखरे भिरमा बिहीबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

६५ किलोमिटर लामो यो सडकमा पर्ने बेँसीशहरको पुवाखोलामा गरिएको ढलान पनि बाढीले भत्काएको छ। स्थानीय खरखरे भिरमा पनि पहिरो जाँदा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय दमौली तनहुँका सवइञ्जीनियर सुमन अधिकारीले जानकारी दिए।

पहिरो हटाउन र भत्किएको ढलान मर्मत गर्न समय लाग्ने भएकाले कति बेलासम्म सडक सञ्चालनमा आउँछ भन्ने निश्चित छैन। सडक अवरुद्ध भएपछि यो सडक भएर कुनै पनि सवारी साधन आवतजावत गर्न सकेका छैनन्।

त्यसैगरी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा पनि बाढी पहिरोले सडक अवरुद्ध भएको छ। गएराति गएको बाढी पहिरोले बाह्रबिसेमा ठूलो धनजनको क्षति भएको छ।

बाढी पहिरोले सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्य भोटेकोशी आयोजनामासमेत ठूलो क्षति पुगेको छ।स्थानीय खहरेमा आएको बाढीले आयोजनामा ठूलो क्षति पुगेको आयोजना प्रमुख सुनिल लामाले जानकारी दिए।

Bishawas Acharya

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago