संकटका बेलामा समुदायको सहयोगी बनेको कार्यक्रम एसईई पाठशालाका शिक्षकहरुलाई विदाई

पाल्पा । सामुदायिक रेडियो मदनपोखरा द्वारा प्रसारण रहेको देशभर लोकप्रिय बन्न सफल दुरशिक्षा रेडियो कार्यक्रम एसईई पाठशालाका शिक्षकहरुलाई विदाई गरिएको छ । रेडियो मदनपोखरासँगै नेपालका ३० भन्दा धेरै रेडियो स्टेशनमा हरेक दिन विहान सवा १० बजेदेखि ४ बजेसम्म एक महिना दुरशिक्षा रेडियो कार्यक्रम एसइई पाठशाला प्रसारण भएको थियो ।


तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले पाठशालाका शिक्षकहरुलाई कदर पत्र प्रदान गर्दै रेडियो पाठशालाले देशभरिनै आकर्षण पैदा गरेको बताउनुभयो । महामारी र बन्दाबन्दीका बेला सामुदायिक रेडियो मदनपोखराले ल्याएको यो सिर्जनशील कार्यक्रमले आधारभूत वर्गका विद्यार्थीहरुलाई धेरै ठूलो सहयोग पुगेको भन्दै सामुदायिक रेडियो मदनपोखराका सञ्चालक समितिका सदस्य सोमनाथ अर्यालले रेडियो र पाठशालाका शिक्षकहरुले विपदमा पनि रेडियो मार्फत् पठनपाठन गरेर इतिहास रचेको बताउन्भयो । कार्यक्रममा शिक्षक रामजीवन ज्ञवाली, चन्द्रकान्त न्यौपाने, नेपाल पत्रकार महासंघ पाल्पाकापूर्व अध्यक्ष गोविन्द भट्टराईले एसईई पाठशालाले शैक्षिक तनावमा रहेका विद्यार्थी र चिन्तित अभिभावकलाई आशाको सञ्चार गर्न सफल भएको बताउनुभयो ।


एसईई पाठशालामा दमकडा माध्यमिक विद्यालयका शिक्षक होत्रीराज ढुंगानाले अंग्रेजी, जनता माध्यमिक विद्यालयका शिक्षक रामप्रसाद ढकालले अनिवार्य गणित, देववाणि साधारण तथा संस्कृत माध्यमिक विद्यालयका रामजीवन ज्ञवालीले विज्ञान, दमकडाका जीवन आचार्यले कम्यूटर, दमकडाकै एकराज ज्ञवालीले सामाजिक अध्ययन र माउन्ट भ्याली बोर्डिङ स्कुलका प्रेमराज खरालले नेपाली र न्यू होराइजनका चन्द्रकान्त न्यौपानेले स्वास्थ्य, जनसंख्या तथा वातावरण बिषयको पठनपाठन गर्नुभएको थियो ।
कोरोनाकाकारण एसईईको परीक्षा स्थगित भएपछि अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक अध्ययन, कम्यूटर र स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयमा रेडियोले दैनिक ५ घण्टा पठनपाठन गर्दै आएको थियो ।काेराेनाकाे डर नमानी, बन्दाबन्दी छ नभनी दैनिक रूपमा रेडियाे स्टेशन आएर एक महिनासम्म लाइभ कक्षा चलाउने र आफुलाई नियमित अपडेट गरी पठनपाठन गर्नुहुने सम्पूर्ण शिक्षकहरूलाई सारेमकाे सम्मान छ भन्दै रेडियोका स्टेशन प्रबन्धक एबम नेपाल पत्रकार महासंघ पाल्पाका सभापति राजेशकुमार अर्यालले पाठशाला लाइभ प्रसारण गर्ने सबै सहकर्मी रेडियाे स्टेशनहरूलाई धन्यवाद दिदै तानसेन नगरपालिकाको सहकार्यका लागी आभार ब्यक्त गर्नुभयो । संकटका बेलामा समुदायको सहयोगी बनेर देशभर चर्चा कमाउन सफल र उत्कृष्ट कार्यक्रमको समुदाय तथा सामाजिक संजालमा प्रसंशा गरिएको छ ।

bhabindra gautam

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago