पर्यटकीयस्थलको प्रचारप्रसारका लागि गीतको सहारा

दमौली। पर्यटकीयस्थलको प्रचारप्रसारका लागि गीतको सहारा लिन थालिएको तनहुँको शुक्लागण्डकी नगरपालिका स्थितपर्यटकीयस्थल भुजिकोटको प्रचारप्रसारका लागि गीतको सहारा लिइएको हो

दुलेगौँडास्थित शुक्लागण्डकी एफएमका निवर्तमान अध्यक्ष नारायणकुमार श्रेष्ठको शब्द रहेकोआउ है भुजिकोटको अडियोसार्वजनिक भएको गीतको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै आन्तरिक पाहुनालाई निम्तो दिन गीत सार्वजनिक गरिएको श्रेष्ठलेबताउनुभयो उक्त गीतमा गायिका अजुदा थापाले स्वर भर्नुभएको भने सन्तोष प्रधानले सङ्गीत दिनुभएको

प्रकृतिको सौन्दर्यमा छैन कुनै खोट

माया लाउने भए साइँला आऊ है भुजिकोट

उत्तर हेर्यो महानगर, सातै तालको शहर

दक्षिणतिर नागबेली शुक्ला नदी लहर

पात बजाई बोलाउँछ, लाँकुरीको बोट

माया लाउने भए साइँला आऊ है भुजिकोट

मुस्काउँछ हिमचुली, मगमगाउँछ बुंकी

फेवा, रूपा, बेगनासले हेर्छ लुकीलुकी

झुल्किदिन्छ एकैसाथ लेक, बेँसी, भोट

माया लाउने भए साइँला आऊ है भुजिकोट

बन्केवाको उकालीमा, दगामकी सानी

हुलका हुल देख्छु भन्छे भ्यूटावर जानी

सूर्योदय हेर्नलाई जाउँला स्थानथोक

माया लाउने भए साइँला आऊ है भुजिकोट

यस ठाउँबाट कास्की जिल्लामा रहेका सातवटै ताल अवलोकन गर्न सकिन्छ यहाँ दृश्यावलोकन स्तम्भसमेत निर्माण भएको साथैयहाँबाट माछापुच्छे, अन्नपूर्ण, धवलागिरि, मनास्लुलगायतका हिमालको दृश्य अवलोकन गर्न सकिन्छ

तनहुँ उद्योग वाणिज्य सङ्घ दुलेगौँडा बजार एकाइको समन्वयमा पर्यटक आकर्षित गर्ने उद्देश्यले उक्त ठाउँमा रु १३ लाखको लागतमादृश्यावलोकन स्तम्भ निर्माण गरिएको स्तम्भ निर्माणका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरेका छन् स्तम्भबाटरातको समयमा पोखरा, लेखनाथ तनहुँकै खैरेनीटारलगायतका क्षेत्रमा झिलीमिली बत्ती बलेको हेर्न पनि पर्यटक आकर्षित हुने गरेकोस्थानीयवासी तीर्थराज खनालले बताउनुभयो सूर्यास्त सूर्योदयको दृश्यावलोकनका लागि पनि भुजिकोट प्रख्यात

sp sp

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago