काँग्रेस महामन्त्री शशांक कोइरालामा कोरोना पोजेटिभ देखिएको पुष्टि ।

काठमाडौं । काँग्रेस महामन्त्री डा शशांक कोइरालामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा उनमा मंगलबार कोरोना पोजेटिभ देखिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार कोइरालालाई सोमबार  ज्वरो आएपछि कोरोनाको आशंकामा सोमबार ह्याम्स अस्पतालमा परीक्षण गराउँदा रिपोर्ट बोर्डर लाइनमा देखिएको थियो । त्यसपछि पुनः स्वाव संकलन गरेर सानेपास्थित स्टार अस्पतालमा परीक्षणका लागि पठाइएमा रिपोर्ट पोजेटिभ आएको तिवारीले जानकारी दिए । 

यसैबीच महामन्त्री कोइरालाले आज गरिएको परीक्षणका क्रममा आफूमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यद्यपि हालसम्म आफूमा स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको कोइरालाले बताएका छन् । 

चिकित्सकहरुको सल्लाह अनुसार हाल आफू होम आइसोलेसनमा बसेको भन्दै उनले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णलाई आवश्यक सजगता अपनाउन अनुरोध गरेका छन् । 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago