सन्ताेष गहतराज , पाल्पा ।पछिल्लो समयमा यातायात प्रयाेगले गर्दा मानिसहरूलाई निकै सजिलो भएको छ । अहिले यातायातकाे सुविधाले गर्दा मानिसहरू जति बेला जहाँ पनि छिटो र छरिताे रूपमा पुग्न सक्ने भएको छ । कुनै सामानहरू बाेक्नु पर्दैन यातायातका साधनहरूले धेरै वजनदार सामानहरू पनि सजिलैसँग ल्याउन लैजान सकिने भएको छ । तर जति बेला यातायातका साधनहरूकाे प्रयाप्त मात्रामा विकास भएको थिएन ।
त्यति बेला मानिसहरूले आफुले उत्पादन गरेको बस्तु लैजाने र आवश्यक बस्तु साटासाट गरि ल्याउने गर्दथे । जस्लाई बस्तु विनिमय पनि भनिन्छ । करिब २०२२ साल भन्दा अघि जतिबेला यातायातका साधनहरूकाे प्रयाप्त मात्रामा विकास भएको थिएन याे तस्बिर त्यही बेला मस्यामकाे सिस्ने खाेलाकाे हाे । त्यति बेला गुल्मी,स्याङ्जा,पाल्पा,कास्की,तनहुँ तथा पर्वत समेतका मानिसहरू पैदल गरि नुन,खाधपदार्थ तथा लत्ताकपडा लिन बुटवल तथा भारत सम्म पुग्दथे । त्यति बेला यातायात सुविधा पनि नभएको र माेटरबाटाेहरू पनि थिएनन मानिसहरू जङ्गलकाे सानाे बाटाे (गाेरेटाे)प्रयाेग गरि मस्यामकाे सिस्ने खाेला,हटिया,देउराली लगाएतका हुँदै भारी बाेक्ने बाटो प्रयाेग गर्थे । मानिसहरू अाफ्नाे घरबाट एकै दिनमा पुगेर फर्कन नसक्ने भएमा राति परेमा सिस्ने खाेलामा आई बाँस बस्ने गर्थे र भाेक लागेमा मानिसहरूले त्यहि खाना पकाएर खाने गरेकाे पाइन्छ । माथिकाे तस्बिरमा मानिसहरूले आफुले उत्पादन गरेको घ्यु,मह,फापर लगाएतका सामानहरू बेच्न लैजाने र त्यहीबाट आफुलाई चाहिने सामान डाेकाेमा भारि बनाएर ल्याउदा भाेक लागे पछि मस्यामकाे सिस्नेखाेलामा खाना पकाएर खाएकाे कुरालाई संकेत गरेको छ । मस्यामका पुर्व गा वि स अध्यक्ष पुर्ण बहादुर खाम्चाका अनुसार मानिसहरू गाेरेटाेबाट हुँदै डुम्रे, हटिया, विचारी पानी,साङ्गाेरि मरेक , सिस्नेखाेला, सेतिवगर, घाेडेवास,वाेटेगाउ,दाेभान हुँदै वुटबल पुग्ने गरेको बताउनु भयाे । याे तस्बिरमा मानिसहरू खासगरी मस्यामकाे सिस्ने खाेलामा मानिसहरूले बाँस वस्ने क्रममा खाना पकाएकाे बताउनु भयाे । खाम्चाका अनुसार पहिला पहिला यातायातकाे सुविधा नहुदा मानिसहरूले खच्चडहरू प्रयाेग गरि अत्यावश्यक सामानहरू ल्याउने गरेको बताउनु भयाे । साेहि सिस्ने खाेलामा मानिसहरूकाे अावतजावत बढि हुने भएकोले साना साना खरका झुपडीहरू बनाएर चिया तथा नास्ताहरू विक्री गर्ने गरेको बताउनु भयाे ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…