काठमाडौँ । देशभरको मौसम मंगलबार सामान्यतया बदली भइ केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।
अहिले मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ रहेको र स्थानिय वायुको पनि प्रभाव रहेकाले मौसम बदली भएको हो । हाल देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मंगलबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…