गरिबहरुका समस्या कहिलेसम्म निराकरण हुन्छन् सरकार ?

धुर्ब किरण भुल
सिगास -०२ गाजरी, खुदाईनगर
(बैतडी )
दिनभरि मजदुरि गरेर बेलुकि तिर चुल्होमा आगो बाल्ने र एकछाक टार्ने न्यून आएभएका निमुखा बर्ग लाई गरिब भनेर चिनिन्छ र ती गरिबहरुलाई झुटा आश्वासन, ठुला ठुला सपना देखाएर भोट मागिन्छ अनि चुनाव मैदान जितिन्छ।चुनाव मैदान जितिसकेपछि अाफुले गरेका बाधाहरु बिर्सिन्छन् अनि फेरि तेहि कुरा दोहर्याएर घरदैलो चहार्छन र ती गरिबहरुलाई फेरि तेस्तै झुटा आश्वासन सपनाहरु लोप लालच देखाएर चुनाव जित्छन् तर गरिबका समस्याहरूलाई देख्दैनन्।

आखिर यस्तो प्रबृत्ति कहिले सम्म रहिरहने?आखिर यिनिहरु गरिब, निमुखा,सर्बहारा,आवाजबिहिन हरुका लागि काम किन गर्दैन? कहिले सम्म गरिब, दलित,आवाज बिहिन ,निमुखा माथि दमन ,शोषण,अत्याचार गरिरहन्छन्। कोरनाको कारण कयौ गरिबहरु पिल्छिरहेका छन्,भोकभोकै मरिरहेका छन्।दिनभरि कामगरेर बेलुकि छाक टार्ने हरुको चुल्होमै आगो बल्न बन्द भएको छ यस्मा खैत सरकारको ध्यान गएको?

बिरामीहुदा निशुल्क रुपमा पाइने सिटामोल पनि किन मिल्दैन गरिबहरुलाई?झन यो कोरनाको कारण कयौ गरिबहरु PCR परिक्षण गर्न नपाएर तेस्तैरहिरहेका छन् आखिर यस्तो किन?गरिब हरु कहिलेसम्म पिल्सिने ?धनिहरु झन झन धनि बन्दै जाने र गरिबहरुलाई दमन ,शोषण,विभेद झन गरिब बानाउने नियति कहिले सम्म कायमै रहन्छ सरकार?

अबतअति भयो अति गरिबिको कारणलेनै समाज,देशमा दर्दनाक समस्याहरू निम्त्याएको छ।भोकमरि,विभेद,द्वन्द्व ,अशिक्षा जस्ता यावत समस्याहरु गरिबिले सिर्जना गरेको छ।तेसैले अब गरिबी हटाउनको लागि हामिहरुले एकजुट भएर कडा परिश्रम गर्नु पर्ने देखिएको छ।

हामी गरिबहरु एकजुट हुनु अनिवार्य छ ।गरिबहरु माथि घटेका घटनाहरु ,समस्याहरू को हामिले ऊजागर सहित समाधान गर्नुपर्छ।हामी हरु बिरुद्ध भैरहेका दमन ,शोषण,अत्याचारका बिरुद्धमा हामिरुले खुलेर बिरोध गर्नुपर्छ ।गरिबहरुको एकता बद्व आवाज गरिब बिरुद्व भैरहेका नकारात्मक कार्य बिरुद्ध फ्याक्नु पर्छ।हामिहरुले अबपनि ती झुटा आश्वासन, सपनाहरु,लोपलालच मा अल्झिनु हुदैन हामिहरुको यहि नियितिले हामी पछि परिरहेका छौ ,गरिबी बढिरहेको छ तेसैले हामिहरुले स्वार्थमा बिक्नुहुदैन हामिहरु एकजुट भएर गरिबि हटाउन तर्फ लाग्नुपर्छ।जय गरिबजय नेपाली जय देश

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago