रामपुरका नगर प्रमुख थापाले काठमाडौमा रहेका परिवारलाई राहत वितरण ।

सन्ताेष गहतराज , पाल्पा , बैशाख २५ , रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले काठमाण्डौँमा कोठा भाडामा बस्ने रामपुरका नागरिकलाई घर- घरमा पुगेर राहत वितरण गर्नुभएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरस (कोभिड १९) को जोखिम न्युनिकरणका लागि जारी लकडाउनले कोठा भाडामा बसेका नागरिकलाई नगर प्रमुख थापाले उनीहरु बसेको घरमा पुगेर राहत वितरण गर्नुभएको हो ।

काठमाण्डौँमा काम गर्दै आएका नागरिक जारी लकडाउनले साँझ बिहानको गुजारा चलाउन अप्ठ्यारोमा परेका ३३ घरपरिवारका ८५ सदस्यलाई राहत उपलब्ध गराइएको नगर प्रमुख थापाले जानकारी दिनुभयो । पाल्पा- काठमाडौ सम्पर्क समाजले डाटा संकलन गरेको थियो । थापा स्वयंले पनि काठमाडौमा रहेकाहरु संगैका परिवारमा बुझेर लामो समयदेखिको लकडाउनका कारण समस्या भएका परिवारलाई सहयोग गर्नुभएको हो ।

दैनिक काम गर्न गरेर गुजारा चलाउनेहरु काम गर्न नपाएपछि बढी समस्यामा रहनुभएको छ,नगर प्रमुख थापाले भन्नुभयो-चोकमा चिया पकाएर, ठेलागाडामा मकै पोल्ने फलफुल बेचेर बस्नेको अबस्था हामी कल्पना गर्न समेत सक्दैनौ । गाउमा किन्न र खान समस्या छैन तर बजारमा किन्न नै नपाइने अवस्थाले परिवार संख्याको आधारमा राहत दिएका छौं उहाँले थप्न्नुभयो । काठमाण्डौँमा व्यापार, ज्यालादारी, कार्यालयमा काम गर्ने र उच्च शिक्षा लिन कोठा भाडा लिएर बसेका नगरबासीलाई राहत दिइएको छ ।

एक जना व्यक्तिलाई २५ किलो चामल, आधा लिटर खानेतेल, एक किलो दाल, आधा किलो स्वायाबिन, परिवारको दुई जना सदस्यलाई २५ किलो चामल, एक लिटर खानेतेल, दुई किलो दाल, आधा किलो स्वायाबिन वितरण गरिएको छ । त्यस्तै दुई जना भन्दा माथिका परिवारका सदस्यलाई २५ किलो चामल, तीन किलो दाल, एक लिटर खानेतेल, एक किलो स्वयाबिन लगायतका खाद्यान्न वितरण दिइएको पाल्पा काठमाडौ सम्पर्क समितिका सचिव अमृत अधिकारीले बताउनुभयो ।

यसैगरी नगरप्रमुख थापाले नगरपालिकाले काठमाण्डौँ लगायत विभिन्न ठाउँमा बसोबास गरेका रामपुरका नागरिक लकडाउनको समयमा घर जान चाहेकाको नाम टिपेको र जिल्ला प्रशासनले अनुमती नदिदा लान नसकिएको अनुमती पाए संगै लैजाने बताउनुभयो । नगरपालिकाले लकडाउन घोषणा भएकै दिन काठमाण्डौँमा बसोबास गरेका करिव एक सय ६८ नागरिकलाई निशुल्क सवारी साधनको व्यवस्था गरि रामपुर ल्याएको थियो । रामपुर क्षेत्रमा काम गर्ने बाहिरका मानिसको तथ्यांक लिएर निशुल्क रुपमा मजदुरलाई घर पुर्‍याएको थियो ।

काठमाडौ बाहेक बुटवल, पोखरा, चितवन लगायतका ठाउँमा रहेका रामपुरबासीका बारेमा सूची तयार पार्न लगाइएको छ ।ती ठाउँहरुमा पनि अत्यन्त संकटमा परेको कोही छ भने उनीहरुलाई पनि राहतको व्यवस्था गरिने जानकारी उहाले दिनुभयो । मेयर थापाले रामपुर नगरभित्र पनि समस्यामा परेकालाई राहत वितरण, लकडाउनको कार्यान्वयन, कोरोना सम्वन्धी जनचेतना, स्वास्थ्य परिक्षणलगायतका कार्य पनि तिव्रताका साथ भइरहेको बताउनुभयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago