Categories: साहित्य

रोशनी तिमी कहिल्लै नअस्ताउनु ल ।

रोशनी तिमी कहिल्लै नअस्ताउनु ल

दिनहरू अनौठो संग बितिरहेका थिए।साएद उसका मात्रै होइन सारा मानव जातिले यो कष्टका बिचबाट नयाँ अनुभव सहितको जीवन गुजारिरहेको छ्न।बाहिर   भित्र फेसबुक रेडियो पत्रीका जतासुकै कोरोना,कोरोना….यस्तै मात्रै सुन्न पाइन्थ्यो।हिडने डुल्ने त परै जाओस् अब त निद्रा र आफ्नै बिस्तारा देखि रिस उठने खालको बन्धक बसाइ।यो अपहरणकारीले गराएको बन्धक थिएन एकदुई जना मात्रै परेको बन्धक थिएन यो त आखाले नदेखिने भाइरसले गराएको बन्धक थियो।उ सोच्दै थियो कस्तो अचम्म के के दु:ख दिदैछ यो भाइरले अर्काेतिर सोच्दैथियो आकाश कति सफा छ।वाताबरण हराभरा चराहरुको चिरविर आबाज आहा!कति सुन्दर कति रमणीय।सायद यदि सुन्दर प्रकृति सायदै पहिलोपटक!

     उता रोग शोक भोकका खबर हरु थिय।दिनहुँजसो यति मरे उति मरे यति समातिए लाग्थ्यो तेस्रो बिश्वयुद्ध चलिरहेको छ।आफन्त बिदेशहुनेहरूले खबर बुझिरहेका हुन्थे आफ्ना प्रियजन हरुको चिन्ता र उनीहरुसंगको अघोषित बिछोडले पिरोलिइरहेका थिय।यता गरिबीले थिचेकाहरु झन महामारीले च्यापिएका थिय ।हुनेखानेहरु अनेकन डर बाट त्रसित हुँदै बाच्नका लागि अनेक सुत्र खोजिरहेका थिय ।कता कता लुट ,भ्रष्टाचार,मुल्यबृद्दी र कालोबजारीका गन्धहरु पनि आइरहेका थिय धत!यस्तो बेलामा पनि कस्तो नमिठो बास्ना आएको!                       

     बिहानभरको झरी पछि दिउँसो न्यानो घाम संगै खुलेको निलो आकाश ,हरियाली बाताबरण बस्ती। साझपख उसका आँखा डाडापारी डुब्न लागेको घाममा पुग्छ।घामका किरणहरु अर्थात रोशनी हरु उस्तै सुन्दर!हेर्दा हेर्दै उसले सम्झन्छ उसकी रोशनीलाई जसलाइ उसले धेरै पहिला देखेको थियो।तर उसका मनसपटलमा उसको उसको प्रतिबिम्बित जस्ताको तस्तै छापिएको छ।उसले त्यो अनुहार मोबाइलमा जुम गरेर फोटो हेरेजसरी मस्तिष्कमा जुम गर्छ।लाग्छ उ तेहि ओरिपरी छ! हेरिरहेको छ!फेरि झस्किदै मोबाइल हेर्छ फेसबुक खोल्छ।ए!म त आजभोलि यहाँ बाहेक कहि भेटदिन उनलाइ यहाँ बाहेक कहि बोल्न पाउदिन उनिसंग फेरि सम्झिन्छ साच्चै बोलेकै छैन है उ संग!किन नबोलाकी होला?फेरि उत्तर दिन्छ साच्चै बोलाउनलाइ पो म को होर उसको है! एतिकैमा उसका आँखा फेरि त्यही डुब्नै लागेको घामको रोशनी तिर पुग्छ्न अहो!घाम त डुबिसकेछ ती सुन्दर रोशनी हरु हराइसकेछन। फेरि अर्को बिहानी संगै आउने घामका रोशनी हरु पर्खदै भन्छ रोशनी तिमि कहिले पनि नडुब्नु ,नअस्ताउनु ल!निरन्तर ।  

लेखक: अङ्ग्रेजी साहित्यका विद्यार्थी पनि हुन ।  

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago