विपन्न घरपरिवारकाे चुलाे निभ्न दिएन माथागढी गाउपालिकाले

सन्ताेष गहतराज, २५ चैत्र, पाल्पा
पाल्पाको माथागढी गाउपालिकाले अति विपन्न, एकल महिला तथा दैनिक ज्यालादारी गरि जीवन चलाउने घरपरिवारका लागि दैनिक अति अावश्यक पर्ने खाधान्न वितरण गरेकाे छ ।
गाउँपालिका भित्रका कुल ७०० सय विपन्न घरपरिवार लाई मापदण्ड बनाएर छनाेट गरि राहत वितरण गरेकाे हाे । गाउँपालिकाले काेराेना भाइरसकाे जाेखिमकाे विषम परिस्थितिमा दैनिक ज्यालादारी गरि जीविकोपार्जन गर्ने नागरिकहरूलाई सहयाेग पुगाेस भनी राहत वितरण गरेकाे गाउपालिकाका अध्यक्ष सन्ताेष थापा मगरले बताउनु भयाे । गाउपालिका भित्रका कुल विपन्न परिवार सातसय मध्ये पाँच सय नब्बे परिवारलाई मंगलबार राहत स्वरुप खाद्यान्न बाडिएकाे र बाकि एक सय दस जनालाई बुधबार बाढ्ने गाउँपालिकाले जनाएको छ । राहत स्वरूप प्रत्येक घरपरिवारलाई २५ किलाे चामल, २ किलाे दाल, २ लिटर खाने तेल र २ किलाे नुन लगाएतका अत्यावश्यक खाद्यबस्तु वितरण गरेकाे गाउँपालिकाले जनाएकाे छ ।

bhabindra gautam

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago