शेयर वजारमा साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचक ७२ अकंले बढेको छ। गत दुई कारोबार दिनमा १३९ अंकले घटेको बजार सोमबार बढेर २००४.२९ विन्दुमा पुगेको हो।
यसअघि गत बुधबार नेप्से सूचक हालसम्मकै उच्च विन्दु २०७१ मा पुगेको थियो। दुई दिनको करेक्सनपछि बजार पुनः उकालो लागेको हो।
यस दिन कारोबारमा आएका १२ वटै उपसमुहको सूचक सकारात्मक देखिएको छ। सोमबार व्यापार उप समुहको सूचक सबैभन्दा धेरै ६.५७ प्रतिशतले बढेको छ भने लाइफ इन्स्योरेन्स उपसमूहको ६.०४ प्रतिशत, उत्पादनमूल्क ५.०९ प्रतिशतले बढेका छन्। यस दिन बैंकिङ्ग उपसमूहको सूचक पनि २.२३ प्रतिशतले बढेको छ।
दिनभरिमा २०६ वटा कम्पनीको १ करोड १९ लाख कित्ता शेयर ६ अर्ब ६६ करोड रुपैयाँमा खरिद बिक्री भए।
सोमबारको कारोबारमा ६ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएका छन्। नारायणी डेभलपमेन्ट बैंक र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेका हुन्।अन्य कम्पनीहरुको भने ९ प्रतिशतभन्दा कमले बढेका छन्।
त्यस्तै बिशाल बजार कम्पनीको ९.९५ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ९.८७ प्रतिशत, अपर तामाकोशी हाइड्रोपावरको ९.८१ प्रतिशत र साञ्जेन हाइड्रोपावरको ९.७९ प्रतिशतले बढेका छन्। एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य १.४१ प्रतिशतले घटेको छ भने मल्टीपर्पस फाइनान्सको १.२३ प्रतिशत, गुहेश्वरी फाइनान्सको १.०३ प्रतिशत, र नेश्नल हाइड्रोपावरको ०.८१ प्रतिशतले घटेका हुन्।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…