साढे ६ अर्बको कारोबार सहित ,१३९ अंकको करेक्सनपछि नेप्सेमा ७२ अंकको उछाल

शेयर वजारमा साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचक ७२ अकंले बढेको छ। गत दुई कारोबार दिनमा १३९ अंकले घटेको बजार सोमबार बढेर २००४.२९ विन्दुमा पुगेको हो।

यसअघि गत बुधबार नेप्से सूचक हालसम्मकै उच्च विन्दु २०७१ मा पुगेको थियो। दुई दिनको करेक्सनपछि बजार पुनः उकालो लागेको हो।

यस दिन कारोबारमा आएका १२ वटै उपसमुहको सूचक सकारात्मक देखिएको छ। सोमबार व्यापार उप समुहको सूचक सबैभन्दा धेरै ६.५७ प्रतिशतले बढेको छ भने लाइफ इन्स्योरेन्स उपसमूहको ६.०४ प्रतिशत, उत्पादनमूल्क ५.०९ प्रतिशतले बढेका छन्। यस दिन बैंकिङ्ग उपसमूहको सूचक पनि २.२३ प्रतिशतले बढेको छ।

दिनभरिमा २०६ वटा कम्पनीको १ करोड १९ लाख कित्ता शेयर ६ अर्ब ६६ करोड रुपैयाँमा खरिद बिक्री भए।

                ६ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार

सोमबारको कारोबारमा ६ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएका छन्। नारायणी डेभलपमेन्ट बैंक र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेका हुन्।अन्य कम्पनीहरुको भने ९ प्रतिशतभन्दा कमले बढेका छन्।

त्यस्तै बिशाल बजार कम्पनीको ९.९५ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ९.८७ प्रतिशत, अपर तामाकोशी हाइड्रोपावरको ९.८१ प्रतिशत र साञ्जेन हाइड्रोपावरको ९.७९ प्रतिशतले बढेका छन्। एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य १.४१ प्रतिशतले घटेको छ भने मल्टीपर्पस फाइनान्सको १.२३ प्रतिशत, गुहेश्वरी फाइनान्सको १.०३ प्रतिशत, र नेश्नल हाइड्रोपावरको ०.८१ प्रतिशतले घटेका हुन्।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago