प्रभु बैंकले १०.५२% लाभाांश वितरण गर्ने घोषणा

काठमाडौं : प्रभु बैंकले १०.५२% लाभाांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ र रिजर्भ कोषमा ४ अर्ब ३० करोड रुपैयाँ छ । बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैंया पुग्नेछ । प्रभुको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ३० पैसा रहेको छ ।
Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago