साढे ६ अर्बको कारोबार सहित ,१३९ अंकको करेक्सनपछि नेप्सेमा ७२ अंकको उछाल

शेयर वजारमा साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचक ७२ अकंले बढेको छ। गत दुई कारोबार दिनमा १३९ अंकले घटेको बजार सोमबार बढेर २००४.२९ विन्दुमा पुगेको हो।

यसअघि गत बुधबार नेप्से सूचक हालसम्मकै उच्च विन्दु २०७१ मा पुगेको थियो। दुई दिनको करेक्सनपछि बजार पुनः उकालो लागेको हो।

यस दिन कारोबारमा आएका १२ वटै उपसमुहको सूचक सकारात्मक देखिएको छ। सोमबार व्यापार उप समुहको सूचक सबैभन्दा धेरै ६.५७ प्रतिशतले बढेको छ भने लाइफ इन्स्योरेन्स उपसमूहको ६.०४ प्रतिशत, उत्पादनमूल्क ५.०९ प्रतिशतले बढेका छन्। यस दिन बैंकिङ्ग उपसमूहको सूचक पनि २.२३ प्रतिशतले बढेको छ।

दिनभरिमा २०६ वटा कम्पनीको १ करोड १९ लाख कित्ता शेयर ६ अर्ब ६६ करोड रुपैयाँमा खरिद बिक्री भए।

                ६ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार

सोमबारको कारोबारमा ६ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएका छन्। नारायणी डेभलपमेन्ट बैंक र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेका हुन्।अन्य कम्पनीहरुको भने ९ प्रतिशतभन्दा कमले बढेका छन्।

त्यस्तै बिशाल बजार कम्पनीको ९.९५ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ९.८७ प्रतिशत, अपर तामाकोशी हाइड्रोपावरको ९.८१ प्रतिशत र साञ्जेन हाइड्रोपावरको ९.७९ प्रतिशतले बढेका छन्। एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य १.४१ प्रतिशतले घटेको छ भने मल्टीपर्पस फाइनान्सको १.२३ प्रतिशत, गुहेश्वरी फाइनान्सको १.०३ प्रतिशत, र नेश्नल हाइड्रोपावरको ०.८१ प्रतिशतले घटेका हुन्।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago