तीन वर्षको प्रयासपछि भरतपुरमा सभागृह निर्माण शुरु

चितवन। भरतपुर महानगरपालिकाको तीन वर्षभन्दा बढीको निरन्तर प्रयासपछि यहाँ सुविधासम्पन्न सभागृह (सिटीहल) बन्ने भएको सभागृहनिर्माणका लागि ठेक्का सम्झौता भएसँगै निर्माणको काम अघि बढेको हो

महानगरको नयाँ नेतृत्व आएसँगै सभागृहका लागि जग्गा खोजी शुरु गरिएको थियो तत्कालीन समयमा सभागृह निर्माण गर्न शहरीविकास मन्त्रालयले रु ५५ करोड रकम विनियोजन गरेको भए पनि जग्गाको अभावमा सभागृह बन्न सकेको थिएन नगर प्रमुख रेनुदाहालका अनुसार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गा सबै प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा पुगेसँगै विवाद भएपछिफिर्ता भएको थियो त्यसपश्चात् पुनः छलफल अघि बढाएर जिल्ला समन्वय समिति मातहत रहेको चार बिघा चार कट्ठा जग्गा भरतपुरमहानगरपालिकाको नाममा ल्याएर सभागृह निर्माणको प्रक्रिया अघि बढाइएको हो दुवै ठाउँको जग्गा खोजी आवश्यक प्रक्रिया पूरागर्न तीन वर्षभन्दा बढी समय लागेको दाहाल बताउनुहुन्छ उहाँले भन्नुभयो, “हाम्रो निरन्तर प्रयास आज सफल भएको

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गाका लागि अस्पताल सञ्चालक समिति, भरतपुर महानगरपालिका, जिल्लाप्रशासन कार्यालय, भूमि सुधार मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय, गृहमन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुर्याउँदा लामो समय लागेको थियो क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठानको रूपमा विकास गर्न जग्गा अभाव हुने भन्दै अन्यत्र खोज्न सुझाएपछि जिल्ला समन्वयसमितिको जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको हो

यससँगै बजेटको सुनिश्चिता, गुरुयोजना, विस्तृत अध्ययन प्रतिवेदन, बोलपत्र प्रक्रियालगायतका सम्पूर्ण प्रक्रिया पुर्याएर निर्माणकोकामका लागि ठेकेदार कम्पनीसँगै सम्झौता भएको हो दाहालका अनुसार औपचारिक शिलान्यास कार्यक्रमपछि गर्ने गरी काम शुरु गर्नभनिएको शीर्ष नेता सम्बन्धित मन्त्रालयका मन्त्रीलगायतको समय व्यवस्थापन गरेर पछि शिलान्यास गर्ने गरी काम अघि बढ्नेउहाँको भनाइ

दाहालले भन्नुभयो, “महानगरको स्वामित्वमा रहने गरी निर्माण गरिने सभागृहले यहाँको गरिमा बढाउने राजनीतिक दललगायतसबैको साथ सहयोगका कारण परियोजना शुरु भएको उहाँ बताउनुहुन्छ उहाँले थप्नुभयो, “शुरुआतीदेखि नै आफ्नो गृह जिल्लासमेतरहेकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले यस परियोजना सम्पन्न गर्न पहल गर्नुभयो उहाँकैपहलका कारण सभागृह निर्माणको काम शुरु भयो

सभागृह निर्माणका लागि इण्डो सगुन रौताहा जेभी रुपन्देही शहरी विकास डिभिजन चितवनबीच सम्झौता भएको भरतपुरमहानगरपालिकाको वडा नम्बर १० मा बाइपास रोडसँगै जिल्ला समवन्य समितिको स्वमित्वमा रहेको जग्गामा सभागृह निर्माण हुनेछ

बोलपत्र रकम मूल्य अभिवृद्धि करबाहेक रु एक अर्ब करोडको रहेकोमा रु ७७ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको हो सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल हुनेछ सँगै ३०० क्षमताको कन्फरेन्स हल रहने भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारीदिनुभयो चारवटा भर्याङ, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उहाँको भनाइ सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड, बगँैचा , २५७ गाडी ३१७ मोटरसाइकल एवंसाइकल अट्ने पार्किङ रहने उहाँको भनाइ

अन्तर्राष्ट्रियस्तरको आकर्षक सभा बन्ने अर्याल बताउनुहुन्छ उच्चस्तरका निर्माण सामग्री आधुनिक प्रविधिको प्रयोग गरी बनाउनलागिएको यो सभागृह देशकै नमूना हुने अर्यालले जानकारी दिनुभयो हालसम्म यति सुविधासम्पन्न सुन्दर सभागृह नेपालमा नरहेकोउहाँले जिकिर गर्नुभयो ठेकेदार कम्पनीले १५ दिनभित्र काम थाल्ने गरी सम्झौता गरिएको उहाँले भन्नुभयो, “अब काम शुरु भयो

ठेकेदार कम्पनीका तर्फबाट आयोजना व्यवस्थापक नहकुल खड्काले सरसफाइको काम तत्काल हुने भन्दै अन्य काम पुस लागेपछि शुरुगरिने बताउनुभयो अबको २७ महिनाभित्रमा काम सम्पन्न गर्नुपर्ने हुन्छ खड्काका अनुसार समयमै काम सम्पन्न गर्ने गरी काम अघिबढाइने

सभागृह बनेसँगै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका ठूलादेखि सानासम्मका कार्यक्रम यहाँ गर्न सकिने यो सभागृह निर्माणपछि मध्यनेपालमा पर्ने चितवनमा अधिकांश सङ्घ सङ्गठन, दलले कार्यक्रम आयोजना गर्ने इच्छा भएर पनि ठूलो हलको अभावमा राजधानीकेन्द्रित हुनुपर्ने बाध्यता हट्ने

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago