समाजसेवी श्रेष्ठद्वारा कावासोती १ का बिपन्न परिवारलाई घर हस्तान्तरण

नारायण प्रभु ,असार- २३ नवलपुर कावासोती १ हात्तिखोरका बिपन्न एक परिवारलाई घर हस्तान्तरण गरिएको छ।समाजसेवी तथा नेपाल तरुण दल केन्द्रीय बिभागका सचिब श्याम श्रेष्ठले आज एक कार्यक्रमका उनिहरुलाई नयाँ घर हस्तान्तरण गर्नु भएको हो।

कावासोतीको फलफुल चोक देखि कुम्सोत जोड्ने बाटो निर्माण गर्ने क्रममा घर भत्किएपछी आफ्नो बास नै उठेको भनेर श्रेष्ठ सँग सहयोग गरिदिन अनुरोध गरेपछी श्रेष्ठको सहयोगमा उक्त घर निर्माण गरिएको हो।श्रेष्ठकै पहलमा विभिन्न सहयोगीहरुको सहकार्यमा उक्त घर निर्माण गर्न सफल भएको श्रेष्ठ बताउछन।घर निर्माणमा आवश्यक पर्ने सिमेन्ट कावासोती ६ का वडाध्यक्ष हेमप्रसाद पाण्डेले समेत सहयोग गरेका छन।


श्रेष्ठको पहलमा निर्माण भएको घरमा सुरक्षित भएर बस्न पाउँदा आफुहरु निकै खुशी भएको घर धनी टक बहादुर परियारले बताए।श्रेष्ठ लागाएत सम्पुर्ण सहयोगीहरुलाई परियारले धन्यवाद समेत दिएका छन।श्रेष्ठलाई परिवारका सदस्य सहित गाउँलेहरुले भब्य स्वागत समेत गरेका छन।

 

कार्यक्रम भैरहदा नेपाल तरुण दल केन्द्रिय बिभागका सदस्य पासाङ नुर्पु शेर्पाले समेत उक्त परिवारलाई नगद ५००० सहयोग गरेका छन।आफू यस जिल्लामा व्यक्तिगत कामले आइरहदा यस परिवारको दुख देख्न नसकेर थोरै भए पनि सहयोग गरेको शेर्पाले बताएका छन।कार्यक्रममा कावासोती ६ का वडाध्यक्ष हेम प्रसाद पाण्डे,नेपाल भुतपुर्व सैनिक सँघ नवलपुरका अध्यक्ष लालचन श्रेष्ठ,कावासोती १ का सदस्य माधब भन्डारी, माया गुरुङ लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago