नयाँ यस्ता फिचर्स सहित ,सामसुङले सार्वजनिक गर्‍यो ग्यालेक्सी नोट २०

दक्षिण कोरियाली कम्पनी सामसुङले एकसाथ आफ्ना पाँचवटा नयाँ प्रडक्ट सार्वजनिक गरेको छ ।

भर्चुअल पत्रकार सम्मेलनमार्फत् सामसुङले आफ्नो ग्यालेक्सी नोट सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । त्यस्तै ग्यालेक्सी जेड फोल्ड टू,ग्यालेक्सी ट्याब्स एस सेभेन, ग्यालेक्सी वाच थ्री र नयाँ वायरलेस इयरफोन पनि सार्वजनिक गरिएको हो ।

नोट टु सिरिज अन्तर्गत सामसुङले ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्रा गरी दुईवटा मोडेलका फाइभ जी फोन सार्वजनिक गरेको छ । ग्यालेक्सी नोट २० को सुरुवाती मूल्य ९९९ डलर तोकिएको छ भने नोट ट्वान्टी अल्ट्राको सुरुवाती मूल्य १२९९ डलर तोकिएको छ ।

नोट २० सिरिजमा परिस्कृत एस पेन हुनेछ र त्यसले स्क्रिनमा लेख्दा साँच्चीकै कलमको कागजमा लेखेको भान हुने दाबी सामसुङको छ ।ग्यालेक्सी नोट २० मा ६.७ इन्चकेा स्क्रिन हुनेछ भने अल्ट्रा भर्सनको स्क्रिन ६.९ इन्च हुनेछ । दुबै फोनको पछाडिको भागमा तीनवटा क्यामरा हुनेछन् भने एउटा सेल्फी क्यामरा रहनेछ ।

नयाँ फोल्डेबल फोन

उक्त समारोहमा सामसुङले सार्वजनिक गरेको आफ्नो आसन्न फोल्डेबल स्मार्टफोन उसको तेश्रो फोल्डेबल फोन हुनेछ । सामसुङको आगामी फोल्डेबल फोनको नाम ग्यालेक्सी जेड फोल्ड टू हुनेछ । त्यसमा ६.२ इन्चको फ्रेन्च स्क्रिन हुनेछ जसलाई बाहिर खोल्दा ७.६ इन्चको फ्लक्सिबल डिस्प्ले देखा पर्नेछ ।

सामसुङले गत वर्ष आफ्नो पहिलो फोल्डेबल फोन, ग्यालेक्सी फोल्ड ल्याएको थियो । त्यस्तै सन् २०२० को सुरुवातमा उसले दोश्रो फोल्डेबल फोनको रुपमा ग्यालेक्सी जेड फ्लिप ल्याएको थियो ।

दुई नयाँ ट्याब्लेट

सामसुङले एस सेभेन सिरिजका दुई नयाँ ट्याब्लेट सार्वजनिक गरेको छ । ती दुई नयाँ ट्याबलेट ट्याब एस सेभेन र एस सेभेन प्लसले फाइभ जी सपोर्ट गर्ने बताइएको छ । ट्याब सेभेनको सुरुवाती मूल्य ८ सय ४९ डलर र एस सेभेन प्लसको सुरुवाती मूल्य १०४९ डलर रहेको छ ।

नयाँ स्मार्टघडी र एयरफोन

सामसुङले ल्याएको नयाँ स्मार्टवाच ग्यालेक्सी वाच थ्रीको मूल्य ३ सय ९९ डलर र ग्यालेक्सी बड्स लाइभ एयरफोनको मूल्य १ सय ६९ डलर तोकिएको छ ।

अगष्ट २१ देखि बजारमा

समाचार अनुसार सामसुङले सार्वजनिक गरेका नयाँ ग्याजेटहरु मध्ये फोल्डेबल स्मार्टफोन बाहेकका ग्याजेटहरुको यहीँ बुधबार देखि पि्रअर्डर खुल्ला हुने र आगामी अगष्ट २१ देखि बजारमा उपलब्ध हुने बताइएको छ ।

एजेन्सी

Comments
Sanjay poudyal

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago