आइतबार देखि ५ दिनसम्म भारी बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०७७, ३ श्रावण शनिबार ०८:२८

पाल्पा । आइतबारदेखि बिहिवार सम्म मुलुकका विभिन्न भुभागमा वर्षा हुने सम्भावना छ । यसबाट हुन सक्ने सम्भावित बाढी, पहिरो र डुबान लगायत विपद् जोखिमबाट सतर्क रहन नागरिकमा आग्रह गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सक्रिय भएको जेठ ३० देखि असार ३० गतेसम्म पहिरोका कारण धनजनको क्षति धेरै भएको स्पष्ट पार्दै अब आउने मनसुनका कारण बाढीसँंगै तराईका जिल्ला डुबान हुन सक्ने जनाएको छ । मनसुन सक्रिय भएको एक महिनाको अवधिमा पहिरोमा परी २० जिल्लामा १०१ को मृत्यु, ५१ बेपत्ता, ४९ जना घाइते र १३६ घरमा क्षति पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार न्यून चापीय रेखा अबको तीन दिनपछि दक्षिणबाट उत्तरतर्फ सक्रिय हुँदै जाने भएकाले पाँच दिनसम्म लगातार वर्षा हुने छ । मनसुन सक्रिय भएयता मुलुकका १६३ स्थानमा पहिरो गएको छ । यस वर्ष चैत वैशाखदेखि नै वर्षा हुन थालेका कारण भारी वर्षा हुँदा पहिरोले बढी क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ । यस वर्ष औसतभन्दा बढी वर्षा भएको छ ।

Comments

ताजा खबर