आजको मौसम : चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

२०७९, २१ आश्विन शुक्रबार ०८:०८

पाल्पा । आज नेपालका विभिन्न स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि सामान्य देखि पूर्ण बदली रहने छ।
दक्षिण-पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्युन चापीय क्षेत्रको प्रभावका कारण मौसममा परिवर्तन भैरहेको छ ।

आज बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै, बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ का एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

Comments

ताजा खबर