समुदाय द्वारा क्वारेन्टाइन निर्माण मातृभूमि फर्कनेलाई स्वागत

पाल्पा । वैदेशिक रोजगारी तथा अन्य कारणले बिदेशीएर कोरोना भाइरस असरले स्वदेश फर्किएका आफ्ना दाजुभाई दिदिबहिनीलाई स्वागत गर्न समुदायको अग्रसरता देखिएको छ । स्वास्थ्य सुरक्षाको बन्दोबस्ती मिलाई सामुदायिक क्वारेन्टाइन निर्माण गरिएको छ । तानसेन नगरपालिका वडा नम्बर ९ मा माण्डव्य सामुदायिक क्वारेन्टाइन निर्माण गरिएको हो । सामुदायिक क्वारेन्टाइन ब्यवस्थापनका अध्यक्ष प्रकाश पङ्गेनी भन्नुहुन्छ “विदेशबाट फर्किरहेका दाजुभाइ दिदीबहिनीलाई मातृभूमिमा स्वागत गर्न हामी अातुर छौं यो क्वारेन्टिन वैदेशिक रोजगारीका गएका संगीसाथी र छिमेकीलाई देशभित्र ससम्मान बोलाउन बनाइएको हो” ।
नेपाल पत्रकार महासँघ पाल्पा तथा दमकडा माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका राजेश कुमार अर्यालले विश्व स्वास्थ्य संगठनको मापदण्ड लागू नहोला तर क्वारेन्टिनमा संक्रमण फैलने अवस्था नआवस भन्नेमा समुदाय सचेत रहेको हुँदा स्वास्थ्यकर्मी, एम्बुलेन्स र RDT /PCR परीक्षण र सुरक्षाकर्मीको सेवाको बन्दोबस्त गरि नियमित सञ्चालनका लागि सहयोग जुटाउन आवश्यक रहेको बताउनु भयो । समुदायको अग्रसरतामा जिल्लामा नै स्तरीय क्वारेन्टाइन बनेकोमा अन्यत्र पनी यस किसिमको सक्रियता आवस्यक रहेको अध्यक्ष अर्यालको भनाई छ ।

समुदाय बाट ९ सदस्यीय समिति गठन गरी आफ्नै लागत र दाताहरुको सहयोगमा स्रोत जुटाई क्वारेन्टाइन बनाइएको छ । तानसेन नगरपालिका बाट ५ सेट बिस्तारामा राख्ने फम, ३ बोतल सेनिताइजर, २ दर्जन साबुन, केही माक्स, ५ वटा डस्ट्बिन, कोठामा विद्युत वायरिङ्ग को सहयोग जुटेको छ । यस्तै नेकपा पाल्पा ले २५ वटा खाट, बिश्नु भण्डारीले २० सेट बिस्तारा, गुरास आत्रेयबाट ४ वटा इलेक्ट्रोनिक जग, टिकाराम गैरे बाट नगद २५ सय रुपैयाँ लगाएत सहयोग प्राप्त भएको छ । तानसेन नगरपालिका ९ नम्बर वडा बाट १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष पङ्गेनीले बताउनु भयो ।

हाल तयार रहेको क्वारेन्टिनमा प्रकाश छिर्ने ५ कोठा र २० बेड तयारी अवस्थामा छन्, थप ४ कोठामा १० बेड थपिने छ । हरेक बेडमा सावुन, सेनिटाइजर, ब्रुस, मन्जन र रूमाल राखिएको छ भने नजिकै बस्ने कुर्ची, डस्टविन र मोवाइल चार्ज गर्ने अलगअलग प्लग छन् । क्वारेटिनमा बस्नेले तातोपानीका लागि आफूखुशी इलेक्ट्रोनिक जग प्रयोग गर्न पाउनेछन् । बाहिर वाइफाई, टेलिभिजन, ४ शौचालय, २ स्नान गृह, ५ धारा राखिएका छन् । परिसरमा हेलोजिन लाइट जडान गरिएको छ । ध्वजापतकाले सजिसजाउ छ । दुरी कायम गरेर मात्र आफन्तले भेट्नेछन् । क्वारेन्टिन सञ्चालनका लागि व्यवस्थापन समिति छ । आचारसंहिता बनाइएको छ। खानाखाजा व्यवस्थापन, सुरक्षा र रखदेख गर्न समुदायका विभिन्न व्यक्तिलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।
समुदाय स्तरमा बनेको नमुना क्वारेन्टाइन जस्तै सुबिधासम्पन्न क्वारेन्टाइन अरु स्थानमा पनी बनाउन सके कोरोना संक्रमण लाई नियन्त्रण गर्न सकिने थियो । यसको सिको गरेर अहिले भएका क्वारेन्टाइन ब्यवस्थित गर्न जरुरि छ ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago