समुदाय द्वारा क्वारेन्टाइन निर्माण मातृभूमि फर्कनेलाई स्वागत

पाल्पा । वैदेशिक रोजगारी तथा अन्य कारणले बिदेशीएर कोरोना भाइरस असरले स्वदेश फर्किएका आफ्ना दाजुभाई दिदिबहिनीलाई स्वागत गर्न समुदायको अग्रसरता देखिएको छ । स्वास्थ्य सुरक्षाको बन्दोबस्ती मिलाई सामुदायिक क्वारेन्टाइन निर्माण गरिएको छ । तानसेन नगरपालिका वडा नम्बर ९ मा माण्डव्य सामुदायिक क्वारेन्टाइन निर्माण गरिएको हो । सामुदायिक क्वारेन्टाइन ब्यवस्थापनका अध्यक्ष प्रकाश पङ्गेनी भन्नुहुन्छ “विदेशबाट फर्किरहेका दाजुभाइ दिदीबहिनीलाई मातृभूमिमा स्वागत गर्न हामी अातुर छौं यो क्वारेन्टिन वैदेशिक रोजगारीका गएका संगीसाथी र छिमेकीलाई देशभित्र ससम्मान बोलाउन बनाइएको हो” ।
नेपाल पत्रकार महासँघ पाल्पा तथा दमकडा माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका राजेश कुमार अर्यालले विश्व स्वास्थ्य संगठनको मापदण्ड लागू नहोला तर क्वारेन्टिनमा संक्रमण फैलने अवस्था नआवस भन्नेमा समुदाय सचेत रहेको हुँदा स्वास्थ्यकर्मी, एम्बुलेन्स र RDT /PCR परीक्षण र सुरक्षाकर्मीको सेवाको बन्दोबस्त गरि नियमित सञ्चालनका लागि सहयोग जुटाउन आवश्यक रहेको बताउनु भयो । समुदायको अग्रसरतामा जिल्लामा नै स्तरीय क्वारेन्टाइन बनेकोमा अन्यत्र पनी यस किसिमको सक्रियता आवस्यक रहेको अध्यक्ष अर्यालको भनाई छ ।

समुदाय बाट ९ सदस्यीय समिति गठन गरी आफ्नै लागत र दाताहरुको सहयोगमा स्रोत जुटाई क्वारेन्टाइन बनाइएको छ । तानसेन नगरपालिका बाट ५ सेट बिस्तारामा राख्ने फम, ३ बोतल सेनिताइजर, २ दर्जन साबुन, केही माक्स, ५ वटा डस्ट्बिन, कोठामा विद्युत वायरिङ्ग को सहयोग जुटेको छ । यस्तै नेकपा पाल्पा ले २५ वटा खाट, बिश्नु भण्डारीले २० सेट बिस्तारा, गुरास आत्रेयबाट ४ वटा इलेक्ट्रोनिक जग, टिकाराम गैरे बाट नगद २५ सय रुपैयाँ लगाएत सहयोग प्राप्त भएको छ । तानसेन नगरपालिका ९ नम्बर वडा बाट १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष पङ्गेनीले बताउनु भयो ।

हाल तयार रहेको क्वारेन्टिनमा प्रकाश छिर्ने ५ कोठा र २० बेड तयारी अवस्थामा छन्, थप ४ कोठामा १० बेड थपिने छ । हरेक बेडमा सावुन, सेनिटाइजर, ब्रुस, मन्जन र रूमाल राखिएको छ भने नजिकै बस्ने कुर्ची, डस्टविन र मोवाइल चार्ज गर्ने अलगअलग प्लग छन् । क्वारेटिनमा बस्नेले तातोपानीका लागि आफूखुशी इलेक्ट्रोनिक जग प्रयोग गर्न पाउनेछन् । बाहिर वाइफाई, टेलिभिजन, ४ शौचालय, २ स्नान गृह, ५ धारा राखिएका छन् । परिसरमा हेलोजिन लाइट जडान गरिएको छ । ध्वजापतकाले सजिसजाउ छ । दुरी कायम गरेर मात्र आफन्तले भेट्नेछन् । क्वारेन्टिन सञ्चालनका लागि व्यवस्थापन समिति छ । आचारसंहिता बनाइएको छ। खानाखाजा व्यवस्थापन, सुरक्षा र रखदेख गर्न समुदायका विभिन्न व्यक्तिलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।
समुदाय स्तरमा बनेको नमुना क्वारेन्टाइन जस्तै सुबिधासम्पन्न क्वारेन्टाइन अरु स्थानमा पनी बनाउन सके कोरोना संक्रमण लाई नियन्त्रण गर्न सकिने थियो । यसको सिको गरेर अहिले भएका क्वारेन्टाइन ब्यवस्थित गर्न जरुरि छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago