पाल्पा । नेपालका ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ । ६ जिल्ला भने संक्रमण रहित छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे आइतबार साँझको तथ्यांक अनुसार देशका ७१ जिल्लामा ३ हजार ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मन्त्रालयको तथ्यांक अनुसार संक्रमण नदेखिएका ६ जिल्लामा प्रदेश १ मा इलाम र ओखलढुंगा, प्रदेश ३ मा रसुवा, गण्डकी प्रदेशमा मनाङ, मुस्ताङ र कर्णाली प्रदेशको रुकुम पश्चिमका जिल्लाहरु रहेका छन् ।
संक्रमितमध्ये हालसम्म ४ सय ६७ जना उपचारपछि निको भइसकेका छन् । संक्रमण देखिएकामध्ये १३ जनाको भने मृत्यु भएको छ । प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म २ लाख ४१ हजार २ सय ५४ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ९६ हजार २ सय ५ जनाको पिसिआर र १ लाख ४५ हजार ४९ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयको नियमित प्रेस ब्रीफिङ्गका क्रममा जानकारी दिईयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…