सन्तोष गहतराज, बैशाख २४, पाल्पा । जङ्गलमा पानी पर्दा उम्रेका च्याउ देख्दा आकर्षक र खाउखाउ जस्ता देखिन छन । यसरी जङ्गलमा देखिने च्याउ देखिदा आकर्षक र खाउ खाउ जस्ता द्खिए पनि यी च्याउ स्वास्थका लागि हानिकारक हुन्छ । पाल्पाकाे सन्दर्भमा बर्षेनि धेरै मानिसहरू विषादी च्याउ खाएर ज्यान समेत गुमाउन् गरेका छन । यसरी बर्षेनि मानिसहरू विषालु च्याउ खाएर ज्यान गुमाएको सन्दर्भमा पाल्पाकाे तिनाउ गाउँपालिका वडा नं. ३ मा विषालु च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन् । मंगलबार जंगलबाट ल्याएकाे च्याउ खाँदा तिनाउ दाेभान फूलबारीका ७ जना बिरामी भएका हुन् ।
उनीहरूलाइ झाडापखाला लाग्ने, रिंगाटा लाग्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखिएपछि बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा उपचार गरिएकाे छ । उनीहरूमध्ये अधिकांशकाे स्वास्थ्यमा सुधार हुन सकेकाे छैन । २ जनाकाे भने स्वास्थ्य अवस्था सुधार भएकाे अस्पतालले जनाएकाे छ । जंगलबाट ल्याएर बिषालु च्याउ खाएर बिरामी पर्नेहरूमा तिनाउ ३ फूलबारीका अमरदीप बीसी, उनकी श्रमती माया बीसी, आमा कृष्णा सुनार, निलमाया सुनार, दिलिप सुनार, रेखा सुनार र थमन सुनार रहनुभएकाे वडा नं. २ का अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयाे ।
पाल्पामा हरेक वर्ष विषालु च्याउ खाएर मानिसहरूकाे मृत्यु हुने गरेकाे छ । विषालु च्याउका बारेमा हरेक वर्षजसाे जनचेतनामुलक कार्यक्रम भए पनि मानिसले भने अझैँ जंगलबाट नचिनेकाे विषालु च्याउ ल्याएर खाने क्रम भने घटेकाे छैन ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…