यातायात ब्यवसाय प्रत्यक्ष प्रभाबित भएको भन्दै महासंघद्वारा राहतको लागी पहल

भविन्द्र गौतम, २४, बैसाख । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागी २०७६ चैत्र ११ देखि जारी लकडाउनको कारण अत्यावश्यक साधन बाहेकका सबै प्राकृतिका सवारी साधान घर ग्यारेजमा थन्किएका छन । जसका कारण यातायात ब्यवसायी लाई आफ्नो खर्च धान्न धौ भएको छ । लकडाउन पछाडीको अवस्था कस्तो हुने, बैक किस्ता, बिमा, कर, लगाएतका यातायात क्षेत्रसंग सम्बन्धित बिषय के हुने सबैतिर चिन्ता थपिएको छ । यिनै समस्या र समाधानका लागी यातायात ब्यवसायीहरुको छाता संगठन नेपाल यातायात ब्यबसायी राष्ट्रीय महासंघले यातायात क्षेत्रका सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष योगेन्द्र नाथ कर्माचार्य को नेतृत्वमा महासंघका पदाधिकारी सहितको टोलीले गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, बिमा समिति, बिमक संघ, यातायात ब्यबस्था बिभाग लगायतको ध्यानाकर्षण गराएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ लाई सार्वजनिक यातायातका साधनको वार्षिक कर, नवीकरण, रुटपर्मिट, जाचपासको अबधी लकडाउन खुलेपछी स्वत: थप गर्न आग्रह गरेको गरेको महासंघका अध्यक्ष योगेन्द्र नाथ कर्माचार्यले जानकारी दिनुभयो । यस्तै सवारी चालक अनुमतीपत्र नविकरण गर्दा लकडाउन खुलेको ३  महिनासम्म जरिवाना नलाग्ने व्यवस्था मिलाउन समेत महासंघले आग्रह गरेको छ ।
यसैगरी महासंघले बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएर सार्वजनिक सवारी साधन खरिद गरी संचालनमा रहेका अधिकाङ्स सवारी साधन सन्चालन नहुदा नियमित किस्ता तिर्न सक्ने अवस्था नभएकाले सवारीसाधन संचालन नहुन्जेल बैंकको किस्ता स्थगन गरि ब्याज समेत मिनाहा गर्न र सरकारले कारोना नियन्त्रण भएको घोषणा गरेपछि मात्र स्थगित किस्ता सुचारु गर्नको लागि सरकारको सम्बन्धित निकायमा पहल गरीदिन गृह मन्त्रालय संग माग गरेको छ ।


यस्तै यातायात ब्यबस्था बिभागका महानिर्देशक गोगन बहादुर हमाललाई भेटी यातायात ब्यबसायका समस्या र समाधानका बिषयमा छलफल गर्दै बिभागले अहिलेको विषम अबस्था र लकडाउन पछि सार्वजनिक सवारीका साधन कसरी सन्चालनको प्रक्रियाका बारेमा समेत छलफल गर्यो ।
लकडाउनका बेलामा बिमा निष्क्रिय रहेको जनाउदै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइ लाई देशभर रहेका २ लाख ५५ हजारभन्दा बढी सार्वजनिक सवारीका साधनहरु विगत ४४ दिन देखि घर ग्यारेजमा थन्किएको र लकडाउन अझै कायमै रहेको हुदा लकडाउनको अबधिको बिमा खुलेपछी स्वत: बिमा थपहुने ब्यबस्था मिलाइदिन आग्रह गरेको छ ।


बिमक संघका अध्यक्ष दिप प्रकाश पाण्डे लाई भेटी बिमा अबधि थप गरि यातायात ब्यबसायीलाइ राहत को माग गर्दै लकडाउन पछीको समयमा देखा परेका समस्या र सामाधानका लागी बिमक संघको ७ सदस्यीय समिती गठन भएको र १ साताभित्र प्रतिबेदन बुझाउन समय तोकिएको भेटघाटका क्रममा जानकारी दिईएको छ ।
सरोकारवाला निकायहरु सबैले सार्वजनिक यातायात क्षेत्र लाई धरासायीहुन बाट बचाउन गर्नुपर्ने कामहरुलाइ प्राथमिकता दिने प्रतिबद्धता जानाएको अध्यक्ष कर्माचार्यले जानकारी दिनुभयो ।
यातायात क्षेत्रको समस्या समाधानका लागी सरोकारवाला निकायले बेलैमा राहतका लागी आवश्यक कदम नचाल्ने हो भने सार्वजनिक यातायातमा भएको खर्बौको लगानी जोखिममा पुग्ने देखिन्छ । यातायात क्षेत्रमा आश्रित ४१ लाखभन्दा बढी मानिसको रोजिरोटी खोसिन सक्ने अवस्थाको आउन सक्ने देखिएको छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago