जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी

सन्तोष गहतराज, बैशाख २४, पाल्पा । जङ्गलमा पानी पर्दा उम्रेका च्याउ देख्दा आकर्षक र खाउखाउ जस्ता देखिन छन । यसरी जङ्गलमा देखिने च्याउ देखिदा आकर्षक र खाउ खाउ जस्ता द्खिए पनि यी च्याउ स्वास्थका लागि हानिकारक हुन्छ । पाल्पाकाे सन्दर्भमा बर्षेनि धेरै मानिसहरू विषादी च्याउ खाएर ज्यान समेत गुमाउन् गरेका छन । यसरी बर्षेनि मानिसहरू विषालु च्याउ खाएर ज्यान गुमाएको सन्दर्भमा पाल्पाकाे तिनाउ गाउँपालिका वडा नं. ३ मा विषालु च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन् । मंगलबार जंगलबाट ल्याएकाे च्याउ खाँदा तिनाउ दाेभान फूलबारीका ७ जना बिरामी भएका हुन् ।

उनीहरूलाइ झाडापखाला लाग्ने, रिंगाटा लाग्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखिएपछि बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा उपचार गरिएकाे छ । उनीहरूमध्ये अधिकांशकाे स्वास्थ्यमा सुधार हुन सकेकाे छैन । २ जनाकाे भने स्वास्थ्य अवस्था सुधार भएकाे अस्पतालले जनाएकाे छ । जंगलबाट ल्याएर बिषालु च्याउ खाएर बिरामी पर्नेहरूमा तिनाउ ३ फूलबारीका अमरदीप बीसी, उनकी श्रमती माया बीसी, आमा कृष्णा सुनार, निलमाया सुनार, दिलिप सुनार, रेखा सुनार र थमन सुनार रहनुभएकाे वडा नं. २ का अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयाे ।

पाल्पामा हरेक वर्ष विषालु च्याउ खाएर मानिसहरूकाे मृत्यु हुने गरेकाे छ । विषालु च्याउका बारेमा हरेक वर्षजसाे जनचेतनामुलक कार्यक्रम भए पनि मानिसले भने अझैँ जंगलबाट नचिनेकाे विषालु च्याउ ल्याएर खाने क्रम भने घटेकाे छैन ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago