कम बिजुली बाल्नेलाई निःशुल्क दिइने

ऊर्जामन्त्री वर्षमान पुनले मासिक न्यूनतम १० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई निःशुल्क गर्ने व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । 

प्राधिकरण सञ्चालक बोर्डका अध्यक्षसमेत रहेका ऊर्जामन्त्री पुनले आइतबारको बोर्ड बैठकमा यस्तो निर्देशन दिएका हुन् । हाल मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहकको संख्या ७ लाख घर छन् । ती परिवारलाई विपन्न परिवारबाट विद्युत् शुल्क नलिने योजना पुनले ल्याएका हुन् । 

‘मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने परिवारलाई सेवा शुल्कबाहेक विद्युत् महसुल नलिने प्रस्ताव ल्याउन मन्त्रीले प्राधिकरणलाई निर्देशन दिनुभएको छ,’ बोर्ड बैठकबारे जानकारी गराउँदै मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले भने । हाल प्राधिकरणले न्यूनतम विद्युत् खपतको सीमा २० युनिट मानेको छ । यो सीमाभित्रका ग्राहकबाट प्रतियुनिट ३ रुपैयाँका दरले ६० रुपैयाँ र ३० रुपैयाँ सेवाशुल्क जोडेर ९० रुपैयाँ लिँदै आएको छ । 

मन्त्रीको योजना कार्यान्वयनमा आए न्यूनतम १० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले मासिक ३० रुपैयाँ मात्रै तिर्नुपर्नेछ । ७ लाख परिवारलाई १० युनटिसम्मको महसुल निःशुल्क गर्दा प्राधिकरणलाई वार्षिक २५ करोड रुपैयाँ घाटा हुने र उक्त घाटा प्राधिकरणका नयाँ आयोजनाबाट पूर्ति गर्न सकिने पुनको अनुमान रहेको भट्टले जानकारी दिए । 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago