कार दुर्घटनामा एकको मृत्यु, तीन घाइते

भक्तपुर। मध्यपुरथिमि नगरपालिका कौशल्टारको लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको भने अन्य तीन सामान्य घाइतेभएका छन्   भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नंको कार आज बिहान १२ः४५ बजे कौशलटारको बीच सडककोफलामे रेलिङ भाँच्दै सडक छेउमा रहेको सिमेन्टको खम्बामा ठोकिई पल्टिएको थियो दुर्घटनामा कारमा सवार काठमाडौँमहानगरपालिका बूम्रबराही पीपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको

फोटो फाईल

चार जना सवार उक्त कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारीदिनुभयो   उहाँले  घटनाबारे  जानकारी पाएलगत्तै घटनास्थल पुगेर घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल पुर्याइएकोबताउनुभयो घाइते श्रेष्ठको अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको जनाएका थिए

घटनापछि फरार रहेका कारका चालक मध्यपुरथिमि लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले  बिहान नियन्त्रणमालिई अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयो सोही कारमा सवार  मध्यपुरथिमि राधेराधे बस्ने २६ वर्षीय विजय देउजा सूर्यविनायक नगरपालिका दधीकोट गाम्चा बस्ने २७ वर्षीय सुदीप थापालाई  घटनाबारे प्रहरीले सोधपुछ गरिरहेको

दुर्घटनापछि कारमा सवार ती तीन जना नै घाइते युवतीको अवस्था हेरेर मृत्यु भएको भन्दै छाडेर फरार भएका थिए   प्रहरीले खोजीगर्ने क्रममा बिहानै नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जनाइएको दुर्घटनामा कार भने पूर्ण क्षति भएको

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago