फोटो फाईल
धनकुटा । पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको काममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले चासो देखाउँनथालेको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको झण्डै साढे तीन बर्षपछि नेकपाले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिकोकामको समिक्षा गरिरहेको छ ।
नेकपाको एकता हुनुअघि २०७४ असारमा भएको स्थानीय तह निर्वाचनमा तत्कालिन एमाले र माओवादीका तर्फबाट धनकुटामा झण्डै ९०प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका छन् । सात वटै पालिकाका प्रमुख र उप–प्रमुख नेकपाकै छन् । पाख्रीवास नगरपालिका र छथरजोरपाटी गाउँपालिकामा सबै जनप्रतिनिधि नेकपाका मात्र छन् । सहिदभूमिमा पनि एक जनाबाहेक सबै नेकपाकै जनप्रतिनिधि छन् ।अन्य पालिकामा पनि अधिकांस जनप्रतिनिधि नेकपाबाटै निर्वाचित छन् ।
पाँच बर्षका लागि निर्वाचित भएका उनीहरुको कार्यकाल सकिन अब डेढ बर्षमात्र बाँकी छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिकोकार्यकालको सफलता वा असफलताले आगामी निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले नेकपाले जनप्रतिनिधिको कामलाईनजिकबाट नियाल्न थालेको हो । यही क्रममा नेकपाले अहिले जनप्रतिनिधिहरुको कामको ‘क्रस चेक’ गरिरहेको छ ।
एउटै पालिकाका जनप्रतिनिधिहरुबीच बेग्ला–बेग्लै समिक्षा कार्यक्रम भईरहेको छ । दुई चरणमा समिक्षात्मक कार्यक्रम भईसकेको छभने अझै समिक्षाको क्रम सकिएको छैन । पहिलो चरणमा सात वटै पालिकाका उप–मेयर र उपाध्यक्षहरुसँग पार्टीले जिल्ला समन्वयसमितिको कार्यालयमा समिक्षात्मक कार्यक्रम गरेको छ । दोस्रो चरणमा सात वटै पालिकामा पार्टीबाट निर्वाचित वडाध्यक्ष रकार्यपालिका सदस्यहरुसँग जोरपाटी, हिले र डाँडाबजारमा समिक्षात्मक कार्यक्रम भईसकेको छ । मंसिर १३ गते छथरबाट सुरु भएकोदोस्रो चरणको कार्यक्रम १६ गते डाँडाबजारमा सकिएको छ ।
अब, अन्य जनप्रतिनिधिहरुबाट आएका सुझाव, कमजोरी र सुधार गर्नुपर्ने पक्षका बिषयमा पालिकाका प्रमुखहरुसँग समिक्षात्मककार्यक्रम गरिने भएपनि मिति भने तय गर्न बाँकी रहेको नेकपाले जनाएको छ । एउटै पालिकाका जनप्रतिनिधिहरुबीच एकैपटक कार्यक्रमगर्दा कमी कमजोरी खुलस्त रुपमा आउन नसक्ने भएकाले जनप्रतिनिधिहरुलाई फरक–फरक राखेर कार्यक्रम गरिएको नेकपा स्थानीयतह बिभागका सचिव नैन विश्वकर्माले बताए । ‘पालिकाका प्रमुख र कार्यपालिका सदस्यलाई सँगै राखेर समिक्षा गर्यो भने पालिकाप्रमुखको कमजोरी पत्ता लाग्दैन । वडाध्यक्षको हकमा पनि त्यही हुन्छ ।’ सचिव विश्वकर्माले भने–‘त्यसैले एक–अर्काका कमी कमजोरीर सुधार गर्नुपर्ने पक्षलाई पत्ता लगाएर कार्यान्वयन गर्न जनप्रतिनिधिहरुलाई फरक–फरक राखेर समिक्षा गरेका हौं ।’
घोषणापत्र अनुसारको काम र जनप्रतिनिधिबीच काममा समन्वय भए/नभएको बिषयमा पनि व्यापक छलफल भएको छ ।जनप्रतिनिधिका कमजोरी र सुधार गर्नुपर्ने पक्ष यकिन गरी पार्टीको तर्फबाट नेताहरुले निर्देशन दिने काम पनि भईरहेको बताईएको छ ।पार्टी निकट जनप्रतिनिधिहरुको भूमिकालाई प्रभावकारी बनाएर आगामी निर्वाचनमा अझ बढी जित हासिल गर्ने योजनासहित चुनावकोतयारी स्वरुप पार्टीभित्र काम भईरहेको नेकपा स्रोतले जनाएको छ ।(rajdhanidaily.com बाट साभार)
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…