चडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो

काठमाडौँ, २० असोज चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ ।

फाइल फोटो

यस्तै चोरी, तस्करी र आपराधिक गतिविधिसमेत हुन सक्नेतर्फ पनि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मातहतका कार्यालय प्रमुखलाई अवैध गतिविधि नियन्त्रणमा सक्रिय हुन निर्देशन दिइएको जानकारी दिनुभयो । प्रहरीले चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा चुस्त पार्ने तयारीसमेत थालेको छ । सम्भावित जोखिम क्षेत्रमा प्रहरी टोली परिचालन गर्न शुरुआत समेत गरिएको छ । सोही अभियान अन्तरगत केही दिन अघि प्रहरीले मिति सकिएको रु चार करोड बराबरको खाद्य वस्तुमा नयाँ मिति राखेर विक्री गर्न खोज्ने सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार यही असोज १८ गते काठमाडौँ महानगरपालिका १४ कलङ्की स्थित प्रविणकुमार बन्कासहितका व्यक्तिले सञ्चालन गरेको एएसटी कम्पनीमा मिति सकिएको खाद्य सामग्रीमा नयाँ मिति टाँसेर बजार लैजाने तयारी गर्दैगर्दा सात जनालाई पक्राउ गरिएको थियो । उनीहरुलाई बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा कारवाहीका लागि पठाइएको छ । त्यसको दुई दिन अघि पनि यस्तै गतिविधिमा संलग्न रहेका व्यक्तिहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले बताउनुभयो । उहाँका अनुसार मिति सकिएका सामग्रीमा नयाँ मिति राखेर विक्री वितरण गर्न लागेको सूचना आएपछि काठमाडौँको कलङ्की र बाफल क्षेत्रमा खोजी गर्दा अबैध क्रियाकलापमा संलग्न आठ जनालाई पक्राउ गरिएको थियो । उनीहरु पनि मिति सकिएको सामग्रीमा नयाँ मिती राखेर विक्री वेचविखन गर्ने तयारी गरिरहेका बेला पक्राउ परेका थिए ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago