जापान अक्टोबर ५ । गुल्मी जिल्लाबाट जापान आइ विभिन्न पेशा,ब्यवसायी आवद्द गुल्मेलीहरूको संस्था गुल्मेली समाज जापानको चौथो अधिवेशन अक्टोबर १८ मा हुने भएको छ ।
कोरोना लगाएत विभिन्न कारणले रोकिएको अधिवेशन यस पटक निर्धारित मितीमैं गर्ने समाजका प्रचारप्रसार प्रमुख रामप्रसाद ढकालले जानकारी दिनुभयो । सेप्टेम्बर महीनाको ८ तारिक बसेको बैठकले बर्तमान कार्यसमितिनै आयोजक भई अधिवेशन प्रचार-प्रसार समिति ,विधान संशोधन समिति ,आर्थिक समिति र हल ब्यबस्थापन तयारी समिति बनाएको जानकारी सचिब सुमन अर्यालले दीनुभयो । लामो समयदेखी जापानमा रहनु भएका समाजका अध्यक्ष सालिकराम भण्डारीका अनुसार सिनओकुबो सोलमारी मुरा हलमा अधिवेशन गरिने निर्णय भएको छ । उक्त अक्टूबर १८ तारिखको दिन समय मिलाउनको लागि अनुरोध गर्नु भएको छ । संस्थाका अध्यक्ष भण्डारीका अनुसार अधिवेशनबाट आफूले नयाँ टीम संस्थाको नेतृत्व हस्तान्तरण गर्ने जानकारी दिनु भयो ।
अधिवेशनमा सम्पूर्ण जापानबासी गुल्मेलीहरूलाई सहभागी भैईदिनु हुनका लागी समाजले अपील गरेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…