विदेशबाट उद्धार गरी ल्याइएका नागरिहरुलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठग्ने

काठमाडौँ – विदेशबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकलाई होल्डिङबाट घर पठाउने क्रममा गाडी भाडामा ठगी भएको उनीहरुले आरोप लगाएका छन् ।यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका नागरिहरुलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठग्ने क्रम बढेको आरोप लगाएका छन् ।

सार्वजनिक यातायात केन्द्रिय महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले अमुख व्यक्तिहरुले सेटिङमा यात्रुलाई ओसार्ने काम गरिरहेको बताए । उनले भने, ‘‘जनकपुरसम्मको २ हजार भाडा लिएर १२ जनालाई २४ हजारमा लगिएको छ । गाडी धनीलाई १६ हजार मात्रै दिएको प्रमाण हामीसँग छ ।’’ व्यवसायीले सहज र सुलभ दरमा यात्रुलाई बोक्छौँ भनेर पटक पटक गरेको आग्रहको बेवास्ता गर्दै सरोकारवाला निकायले नै यात्रुलाई ठग्ने र व्यवसायीलाई लुट्ने काम गरेको उनले दावी गरे ।

आफ्ना मागहरु सम्बोधन नभए गाडी सडकमा उतारेर आन्दोलनमा उत्रिने उनले बताए । संक्रमण भए – नभएको एकिन गरी होल्डिङ सेन्टरबाट गन्तव्यमा पु-याउने गरी वैज्ञानिक व्यवस्थापन हुनुपर्ने महासंघको माग छ ।

वास्तविक व्यवसायीहरुलाई वैज्ञानिक तरिकाले गाडी शुल्क पाउनुपर्ने र यात्रुलाई ठगीनबाट रोक्नुपर्ने उनले बताए । यसैबीच नेपाल राष्ट्रिय प्रगतिशिल यातायात श्रमिक संगठनले पनि होल्डिङ सेन्टरबाट यात्रुहरुलाई गन्तव्यमा पु-याउने जिम्मा यातायात व्यवसायीलाई दिनुपर्ने माग गरेको छ ।

सोही मागसहित ज्ञापन पत्र बुझाउन संगठनका पदाधिकारी गएपनि होल्डिङ सेन्टरबाट ज्ञापन पत्र नबुझेको अध्यक्ष राजेन्द्र शर्माले जानकारी दिए ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago