सन्ताेष गहतराज , पाल्पा । पाल्पाकाे तिनाउ गाउपालिकाले वडा न ४ र ५ मा यस आर्थिक बर्ष देखि वडा कार्यालय भवन निर्माण शुरू गरेको छ ।
गाउँपालिकाले वडा न ४ काे सत्यवती र वडा न ५ काे चरचरेमा वडा कार्यालय भवन निर्माण शुरू गरिरहेकाे हाे । गाउँपालिकाले दुवै वडाकाे भवन निर्माण गरे ६५,६५ लाख रूपैयाँकाे लागतमा निर्माण शुरू गरिएको उक्त भवनहरू आउदो आर्थिक बर्षमा सम्पन्न गर्ने गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भयाे ।
भवन सिलन्यास गर्दै अध्यक्ष घर्ती मगरले भवन निर्माणकाे लागि जग्गादान गर्ने वडा न ४ का लाल बहादुर दर्लामी तथा वडा न ५ का प्रेम क्षेष्ठ,विष्णु थापा र वडा अध्यक्ष दल बहादुर दर्लामीलाई धन्यवाद दिनुभयाे । आर्थिक बर्ष २०७७।७८ मा वडा न ३ झुम्सा र वडा न ६ मस्याममा समेत वडा कार्यालय निर्माण शुरू गर्ने तथा यस आर्थिक बर्षमा दाेभानमा गाउँपालिकाले भवन सिलन्यास गरिने समेत अध्यक्ष घर्ती मगरले बताउनुभयो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…