अनेसास अन्तर्राष्ट्रिय बालकविता प्रतियोगिताको नतिजा घोषणा ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय बाल समितिले आयोजना गरेको “अनेसास बालकविता प्रतियोगिता, २०७७” को नतिजा प्रकाशित गरेको छ । सन्स्थाका महासचिव गणेश घिमिरेद्वारा जारी बिज्ञप्तीमा उक्त कुरा जनाइएको हो ।

सो प्रतियोगितामा पोर्चुगलका मनस्वी खराल प्रथम, अमेरिकाका विवेक खरेल द्वितीय र जापानका रिआना बोगटी तृतीय हुनु भएको छ । पुरस्कृतहरु सबैलाई प्रमाणपत्र र नगदको व्यवस्था रहेको छ । प्रथम पुरस्कर राशी ३००/-, द्वितीय २००/- र तृतीय १००/- अमेरिकी डलर रहेको छ । साहित्यकार महेश पौडेल (नेपाल)को संयोजनमा सुमलकुमार गुरुङ (बेलायत) र सुरेन उप्रेती (क्यानडा) रहेको तीन सदस्यीय निर्णायक समितिले सो निर्णय गरेको हो ।

अनेसासद्वारा आयोजित यस प्रतियोगिताका लागि प्राप्त भएका कविताहरु उत्कृष्ट रहेको अनेसास बाल समितिका संयोजक डा केशव शर्माले बताएका छन । अनेसास केन्द्रको बाल साहित्य समितीमा सुमित गिरी ( जापान ) प्रबिन टन्डन ( अस्ट्रेलिया ) किरण मानिके ( अमेरिका ) अनुराधा शर्मा ( नेपाल ) विष्णा देवी ( अमेरिका ) लगायत हुनुहुन्छ ।  

निर्णायक समितिका संयोजक महेश पौडेलले यस महत्वपूर्ण प्रतियोगितामा निर्णायक मण्डलको संवेदनशील जिम्मेवारी दिएकोमा कृतज्ञता ब्यक्त गरेका छन । केन्द्रीय वा समबन्धित च्याप्टर अन्तर्गत बिसेश कार्यक्रमको अवसर पारी पुरस्कार वितरणको ब्यबस्था मिलाईने कुरा अनेसास केन्द्रीय कार्य समितीका वरिस्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ ले बताउनु भयो ।

आसन्न भयावह र विपन्न समयमा पनि अनेसास बाल समितिले नानीबाबुहरुलाई संलग्न गराएर यस्तो महत्वपूर्ण प्रतियोगिता गराएकोमा केन्द्रीय कार्यसमितिको तर्फबाट अध्यक्ष राधेश्याम लेकालीले हार्दिक धन्यवाद ब्यक्त गरेका गरेका छन ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago