अनेसास अन्तर्राष्ट्रिय बालकविता प्रतियोगिताको नतिजा घोषणा ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय बाल समितिले आयोजना गरेको “अनेसास बालकविता प्रतियोगिता, २०७७” को नतिजा प्रकाशित गरेको छ । सन्स्थाका महासचिव गणेश घिमिरेद्वारा जारी बिज्ञप्तीमा उक्त कुरा जनाइएको हो ।

सो प्रतियोगितामा पोर्चुगलका मनस्वी खराल प्रथम, अमेरिकाका विवेक खरेल द्वितीय र जापानका रिआना बोगटी तृतीय हुनु भएको छ । पुरस्कृतहरु सबैलाई प्रमाणपत्र र नगदको व्यवस्था रहेको छ । प्रथम पुरस्कर राशी ३००/-, द्वितीय २००/- र तृतीय १००/- अमेरिकी डलर रहेको छ । साहित्यकार महेश पौडेल (नेपाल)को संयोजनमा सुमलकुमार गुरुङ (बेलायत) र सुरेन उप्रेती (क्यानडा) रहेको तीन सदस्यीय निर्णायक समितिले सो निर्णय गरेको हो ।

अनेसासद्वारा आयोजित यस प्रतियोगिताका लागि प्राप्त भएका कविताहरु उत्कृष्ट रहेको अनेसास बाल समितिका संयोजक डा केशव शर्माले बताएका छन । अनेसास केन्द्रको बाल साहित्य समितीमा सुमित गिरी ( जापान ) प्रबिन टन्डन ( अस्ट्रेलिया ) किरण मानिके ( अमेरिका ) अनुराधा शर्मा ( नेपाल ) विष्णा देवी ( अमेरिका ) लगायत हुनुहुन्छ ।  

निर्णायक समितिका संयोजक महेश पौडेलले यस महत्वपूर्ण प्रतियोगितामा निर्णायक मण्डलको संवेदनशील जिम्मेवारी दिएकोमा कृतज्ञता ब्यक्त गरेका छन । केन्द्रीय वा समबन्धित च्याप्टर अन्तर्गत बिसेश कार्यक्रमको अवसर पारी पुरस्कार वितरणको ब्यबस्था मिलाईने कुरा अनेसास केन्द्रीय कार्य समितीका वरिस्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ ले बताउनु भयो ।

आसन्न भयावह र विपन्न समयमा पनि अनेसास बाल समितिले नानीबाबुहरुलाई संलग्न गराएर यस्तो महत्वपूर्ण प्रतियोगिता गराएकोमा केन्द्रीय कार्यसमितिको तर्फबाट अध्यक्ष राधेश्याम लेकालीले हार्दिक धन्यवाद ब्यक्त गरेका गरेका छन ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago