फाइल फोटो : भगवती मन्दिरमा रथयात्रा, तानसेन पाल्पा,
पाल्पा २३ बैसाख, । कोरोना भाइरस ( कोभिड-१९) को संक्रमण नियन्त्रणको लागि गरिएको लकडाउनको कारण सबैजना घरभित्र रहेको बेला बाहिर भने चोरिका घटना बढेका छन । ऐतिहासिक भगवती मन्दिरमा सोमबार राती चोरिको प्रयास भएको छ । मन्दिरमा रहेको झ्यालमा रहेको ग्रील तोडिएको छ ।
भजन किर्तन गर्ने हलको कब्जा फोरिएको छ । भगवतीटोलमा नै रहेको एक पसलबाट पनि चोरी भएको छ । चोरले झ्यल ढोका फोरेपनी मन्दिरबाट सामान लैजान भने नपाएको र मन्दिर नजिकैको पसल बाट एक वटा पुरानो हट्केश लगेको, अर्को बहिर फुटालिदिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभएको छ । चोरिको घटना सम्बन्धि थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताउनु भयो । तानसेन बजारको सुरक्षाको लागी कैलाशनगरमा जडान भएको सिसिक्यामरा पनी केहि दिन अगाडी चोरी भएको थियो । यसैगरी तानसेनका बारुदखान, मेहल्धारा, नारायणस्थान, गैरागाउँ, धोबिधारा, बर्तुङ्ग लगाएतका क्षेत्रमा चोरिका घटना भैरहेका छन । स्थानीय त्रासमा छन । हालसम्म चोरको पहिचान हुन भने सकेको छैन । जसका कारण तानसेनमा सुरक्षा चुनौती थपिएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…