तानसेनमा चोरिका घटना बढे, भगवती मन्दिरमा झ्यालको ग्रील तोडियो

२०७७, २३ बैशाख मंगलवार १०:२४

पाल्पा २३ बैसाख, । कोरोना भाइरस ( कोभिड-१९) को संक्रमण नियन्त्रणको लागि गरिएको लकडाउनको कारण सबैजना घरभित्र रहेको बेला बाहिर भने चोरिका घटना बढेका छन । ऐतिहासिक भगवती मन्दिरमा सोमबार राती चोरिको प्रयास भएको छ । मन्दिरमा रहेको झ्यालमा रहेको ग्रील तोडिएको छ ।

तस्बिर : डुल बहादुर कुवरको फेसबुक बाट

भजन किर्तन गर्ने हलको कब्जा फोरिएको छ । भगवतीटोलमा नै रहेको एक पसलबाट पनि चोरी भएको छ । चोरले झ्यल ढोका फोरेपनी मन्दिरबाट सामान लैजान भने नपाएको र मन्दिर नजिकैको पसल बाट एक वटा पुरानो हट्केश लगेको, अर्को बहिर फुटालिदिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभएको छ । चोरिको घटना सम्बन्धि थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताउनु भयो । तानसेन बजारको सुरक्षाको लागी कैलाशनगरमा जडान भएको सिसिक्यामरा पनी केहि दिन अगाडी चोरी भएको थियो । यसैगरी तानसेनका बारुदखान, मेहल्धारा, नारायणस्थान, गैरागाउँ, धोबिधारा, बर्तुङ्ग लगाएतका क्षेत्रमा चोरिका घटना भैरहेका छन । स्थानीय त्रासमा छन । हालसम्म चोरको पहिचान हुन भने सकेको छैन । जसका कारण तानसेनमा सुरक्षा चुनौती थपिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु