सहकारीहरुले माथागढी गाउँ पालिकाकाे राहत काेषमा नगद सहयाेग ।

सन्ताेष गहतराज , बैशाख-२३,पाल्पा।पाल्पाकाे माथागढी गाउँपालिका अन्तर्गत कसेनी र रुप्से भित्र रहेका ६ वटा सहकारी संस्थाहरूले गाउँपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा  आर्थिक सहयाेग गरेका छन् ।

गाउँपालिकाको कोरोना राहत कोषका लागी रू.३७,५००/- रकम सोही गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईलाई प्रत्यक्ष भेटेर हस्तान्तरण गरेका हुन।

साथै सहयोग गर्ने सहकारी संस्थाहरूमा वडा नं-३,सराईका कौडे स्वाबलम्बन बचत तथा ऋण सहकारी, सराई फुलबारी बचत तथा ऋण सहकारी, कसेनी माडी कृषि सहकारी र माछापुच्छ्रे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको छ भने वडा नं.-२, रुप्सेका खहरेरुप्से बचत तथा ऋण सहकारी र माण्डव्य कृषि सहकारी संस्था  रहेका छन।

माछापुच्छ्रे बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रेखीराम रानाले काेराेनासंग सिङगाे संसार नै लडिरहदा गाउपालिकाकाे काेषमा आफुहरुले पनि केही रकम भएतापनि सहयाेग गरेको वताउनुभयाे । सहयाेग रकम लिगेपछि कोरोना संक्रमणको महामारीका बेला गाउँपालिकाको राहत कोषमा रकम सहयोग गरेर सहकारीहरुले ठुलाे गुन लगाएकाे उपाध्यक्ष निर्मला भट्टराईले वताउनुभयाे । गाउपालिकाकाे राहात काेषमा विभिन्न क्षेत्रवाट सहयाेग प्राप्त भएकाे र उक्त रकम गाउपालिकाले काेराेना क्षेत्रमै खर्च हुने भट्टाईले  वताउनुभयाे ।

६ वटा सहकारी संस्थाको आपसि वैठक पछि प्रकोप व्यवस्थापन कोषमा रकम उपलबध गराएकाे रुप्से खहरे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुल्सीराम भुसालले जानकारी दिनुभयाे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago