सन्ताेष गहतराज , बैशाख-२३,पाल्पा।पाल्पाकाे माथागढी गाउँपालिका अन्तर्गत कसेनी र रुप्से भित्र रहेका ६ वटा सहकारी संस्थाहरूले गाउँपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा आर्थिक सहयाेग गरेका छन् ।
गाउँपालिकाको कोरोना राहत कोषका लागी रू.३७,५००/- रकम सोही गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईलाई प्रत्यक्ष भेटेर हस्तान्तरण गरेका हुन।
साथै सहयोग गर्ने सहकारी संस्थाहरूमा वडा नं-३,सराईका कौडे स्वाबलम्बन बचत तथा ऋण सहकारी, सराई फुलबारी बचत तथा ऋण सहकारी, कसेनी माडी कृषि सहकारी र माछापुच्छ्रे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको छ भने वडा नं.-२, रुप्सेका खहरेरुप्से बचत तथा ऋण सहकारी र माण्डव्य कृषि सहकारी संस्था रहेका छन।
माछापुच्छ्रे बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रेखीराम रानाले काेराेनासंग सिङगाे संसार नै लडिरहदा गाउपालिकाकाे काेषमा आफुहरुले पनि केही रकम भएतापनि सहयाेग गरेको वताउनुभयाे । सहयाेग रकम लिगेपछि कोरोना संक्रमणको महामारीका बेला गाउँपालिकाको राहत कोषमा रकम सहयोग गरेर सहकारीहरुले ठुलाे गुन लगाएकाे उपाध्यक्ष निर्मला भट्टराईले वताउनुभयाे । गाउपालिकाकाे राहात काेषमा विभिन्न क्षेत्रवाट सहयाेग प्राप्त भएकाे र उक्त रकम गाउपालिकाले काेराेना क्षेत्रमै खर्च हुने भट्टाईले वताउनुभयाे ।
६ वटा सहकारी संस्थाको आपसि वैठक पछि प्रकोप व्यवस्थापन कोषमा रकम उपलबध गराएकाे रुप्से खहरे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुल्सीराम भुसालले जानकारी दिनुभयाे ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…