सहकारीहरुले माथागढी गाउँ पालिकाकाे राहत काेषमा नगद सहयाेग ।

२०७७, २३ बैशाख मंगलवार ०८:४३

सन्ताेष गहतराज , बैशाख-२३,पाल्पा।पाल्पाकाे माथागढी गाउँपालिका अन्तर्गत कसेनी र रुप्से भित्र रहेका ६ वटा सहकारी संस्थाहरूले गाउँपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा  आर्थिक सहयाेग गरेका छन् ।

गाउँपालिकाको कोरोना राहत कोषका लागी रू.३७,५००/- रकम सोही गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईलाई प्रत्यक्ष भेटेर हस्तान्तरण गरेका हुन।

साथै सहयोग गर्ने सहकारी संस्थाहरूमा वडा नं-३,सराईका कौडे स्वाबलम्बन बचत तथा ऋण सहकारी, सराई फुलबारी बचत तथा ऋण सहकारी, कसेनी माडी कृषि सहकारी र माछापुच्छ्रे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको छ भने वडा नं.-२, रुप्सेका खहरेरुप्से बचत तथा ऋण सहकारी र माण्डव्य कृषि सहकारी संस्था  रहेका छन।

माछापुच्छ्रे बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रेखीराम रानाले काेराेनासंग सिङगाे संसार नै लडिरहदा गाउपालिकाकाे काेषमा आफुहरुले पनि केही रकम भएतापनि सहयाेग गरेको वताउनुभयाे । सहयाेग रकम लिगेपछि कोरोना संक्रमणको महामारीका बेला गाउँपालिकाको राहत कोषमा रकम सहयोग गरेर सहकारीहरुले ठुलाे गुन लगाएकाे उपाध्यक्ष निर्मला भट्टराईले वताउनुभयाे । गाउपालिकाकाे राहात काेषमा विभिन्न क्षेत्रवाट सहयाेग प्राप्त भएकाे र उक्त रकम गाउपालिकाले काेराेना क्षेत्रमै खर्च हुने भट्टाईले  वताउनुभयाे ।

६ वटा सहकारी संस्थाको आपसि वैठक पछि प्रकोप व्यवस्थापन कोषमा रकम उपलबध गराएकाे रुप्से खहरे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुल्सीराम भुसालले जानकारी दिनुभयाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु