विपन्न परिवार खाद्यान्न विवरण गदै स्थानीय सरकार

किरण कौशल पाल्पा, २३ चैत्र

पाल्पाका स्थानीय सरकारहरुले लकडाउनले चुल्लो बाल्न धौ भएका विपन्न परिवारको लागत संकलन गरेर राहत विवरण थालेका छन् । जिल्लाका १० वटै स्थानीय सरकारहरुले वडा स्तरबाट विपन्न परिवारको लागत संकलन गरेर वडाबाटै चामल, दाल, तेल सहितका खाद्यान्न विवरण गरेका हुन् । कतिपय वितरण गरेर सकेका छन् भने कतिपय स्थानीय तहहरुले लागत संकलन गरिरहेका छन् । रम्भा गाउँपालिकाले ४ सय ८१ घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । गाउँपालिकाले घरपरिवारका सदस्यहरु अनुसार चामल, दाल, तेल, चिउरा र नुन विवरण गरेका छ ।

परिवारका एक सदस्यलाई न्यूनतम सात किलो चालम दिइएको छ । तानसेन नगरपालिकाले नगर भित्रका विपन्न परिवारसंगै बाहिरी जिल्लाका विभिन्न योजनामा ज्याला मजदुरी गदै आएका १२ सय ७० घर परिवारलाई खाद्यान्न वितरण गरेको छ । नगरपालिकाले चार जना सम्मको परिवारलाई १५ किलो चामल, डेढ किलो दाल सहित तेल, नून र चिनी एक किलोको दरले वितरण गरिएको छ । नुहाउने र भाँडामाझ्ने गरी ४ वटा साबुन विवरण गरेको छ । ४ जना भन्दा बढी सदस्य भएका परिवारलाई सबै सामग्री दोब्बर वडा स्तरबाटै विवरण गरिएको नगरपालिकाका नगर प्रमुख ओशक कुमार शाहीले बताउनु भयो । दैनिक ज्याला मजुदरी गरेर जिविका चलाएका परिवारहरुलाई लकडाउनले घरबाहिर काम गरी बिहान बेलुका खानाको जोह गर्न अप्ठारो परेकाले स्थानीय सरकारहरुले खाद्यान्न वितरण गरेका हुन् ।

विपन्न परिवारहरुले खाद्यान्नसंगै सरसफाइ नुहाउने लुगा धुने र भाँडा माझ्ने साबुन समेत पाएकाले घरमै बसेर पनि दैनिकी कटाउन सहयोग पुगेको खाद्यान्न लिन आएकाहरुको भनाइ छ । रिब्दीकोट गाउँपालिकाले पहिलो चरणमा ज्यालादारी गरी जिवनयापन गरेका अति विपन्न २ सय ८ परिवारलाई खाद्यान्न वितरण गरेको छ । २० किलो चामल, २ किलो दाल, तेल र नून एकको दरले विवरण गरेको छ । रैनादेवी छहरा गाउँपालिकाले अति विपन्न, अपाङ्ग र एक महिला भएका ३ सय परिवारलाई खाद्यान्न विवरण गरेको छ । प्रति परिवार ३० केजी चामल, दुई केजी दाल, तेल र नून एक किलोको दरले विवरण गरेको छ । वगनासकाली गाउँपालिकाले अति विपन्न, ज्यालामजदुरी गर्ने ३ सय ८० घरपरिवारलाई वडा समितिको सिफारिसको आधारमा खाद्यन्न विवरण गरिएको छ । ३० किलो चामल, दुई किलो दल र एक एक किलो तेल र नून चैत्र २१ देखि २३ भित्रै विवरण गरेको गाउँपालिकाका कार्यकारी अधिकृत सुन्दर श्रेष्ठले बताउनु भयो ।

तिनाउ गाउँपालिकाले ६ वडाहरुमा करिब ५० परिवारका दरले ३ सय भन्दा बढीलाई खाद्यान्न विवरण गरेको छ । ४ जना सम्मको परिवारलाई १० किलो र चार भन्दा माथिका परिवारलाई १५ किलो चामल र सोही अनुपातमा दाल, तेल र नून वितरण गरिएको छ । रामपुर नगरपालिकाले एक हजार ६६ परिवारलाई खाद्यन्न तिन वर्गमा विभाजन गरेर विवतरण गरेको छ । एक जना, दुई देखि चार जना र चार भन्दा माथी परिवारको आधारमा क्रमश ५, २० र २५ किलो चामल सहित दाल, तेल, नून र चना सहित साबुनहरु त्यही अनुपातमा विवरण गरिएको छ । माथागढी गाउँपालिकाले झण्डै ६ सय परिवारलाई खाद्यान्न वितरण गर्ने तयारी गरेको छ । गाउँपालिकाले २५ किलो चामल सहित तेल, दाल र नून दुई किलोको दरले वितरण गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष सन्तोष थापाले बताउनु भयो । पूर्वाखोला गाउँपालिकाले वडा स्तरमा तथ्याङ्क संकलन गरिरहेको जनाएको छ ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago