Jo
पाल्पा,माथागढी गाँउ पालिका वडा नम्बर-२ रुप्सेमा रहेका दुई वटा सहकारी बीच एकीकरण भएको छ।
शुक्रबार एक कार्यक्रम आयोजना गरि खहरे बचत तथा ऋण सहकारी संस्था लि.र माण्डब्य कृषि सहकारी संस्था लि.बिच एकीकरण भएको घोषणा भएको छ ।
लुम्बिनी प्रदेशकी सांसद रमा घर्तीको प्रमुख आतिथ्यता, गाउँपालिका अध्यक्ष सन्तोष थापाको बिशेष आतिथ्यता, उपाध्यक्ष निर्मला भट्टराई, जिल्ला सहकारी संघका सचिव भूपति पाण्डेय, वडा नम्बर २ का वडा अध्यक्ष जनक रिजेल लगायतको उपस्थिति रहेको थियो। तुल्सीराम भुषालको अध्यक्षता कृष्ण भट्टराईको संचालनमा भएको घोषणा कार्यक्रममा उपस्थित सबैको मन्तब्यबाट तारा बहादुर सारुले स्वागत गर्नु भएको थियो ।
तिन महिना बिशेष साधारण सभाबाट कार्यसमिति चयन गरिने जानाकारी गराउदै तुल्सीराम भुसालको अध्यक्ष रहेको तदर्थ समिति समेत गठन गरेको छ ।
त्यसैगरी,उपाध्यक्षमा तारा ब सारु,सचिब कृष्ण भट्टराई, काेषाध्यक्ष आत्माराम कोईराला, सदस्य सितादेवि न्यौपाने, टेक ब श्रेष्ठ, भिम ब घर्ती, जिबलाल भट्टराई रहेका छन।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…